आलोक भावुक/गढवा बिहिबार, चैत्र ०९, २०७९

दाङ । गढवा गाउँपालिकाले महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उदेश्यले ‘एक महिने होजियारी बुनाई तालिम’ सञ्चालन थालेको छ।गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा एक महिने होजियारी बुनाई तालिम सञ्चालन गरी स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।

गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको वडा कार्यालयको भवनमा आयोजित तालिममा वडाभरीका गरी ३० जना महिला उद्यमीको सहभागिता रहेको छ। सहभागी सबैलाई होजियारी बुनाई सम्बन्धी आवश्यक सामग्री बनाउन लमही नगरपालिका वडा नम्बर – ६ की सिता चौधरी प्रमुख प्रशिक्षकको रुपमा रहेकी छन् । मंगलवार गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिमको उद्घाटन गर्दै महिलाहरु सिप सिकेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने बताए ।

पालिकाले गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत अघि सारिएको यो योजनाले महिलाहरु सिपयुक्त हुन सके गाउँघरमै बसेर सानो लगानीबाटै उद्यम व्यवसाय गरेर आर्थिकोपार्जन गर्न सक्न सक्षम हुने बताए।
तालिमको उद्देश्य सिप सहित उध्धमी बन्न सिकाउने रहेको बताउदै अध्यक्ष पोख्रेलले उध्धमी बन्न नसके पनि केही उन्नत तरिकाका घरेलु सामग्रीहरु उत्पादनगर्न यस्तो तालिमको महत्वपूर्ण भूमिका हुने बताए । सिप सिकेपछि परम्परागत र आधुनिक सामग्री उत्पादन गर्न गाउँघरमै बसेर महिलाहरु सक्षम हुने उहाँको भनाई थियो।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रमको सहजिकरण लघु उद्यम विकास सहजकर्ता मिना चौधरी र बीनु भुजेलले गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]