
Pbu
ksbl-7
Jsbg-7
Rksr-7
Usbl-7
Msbg-2
Gsbg-3
Jsbr-3
Gsbr-6
Csbg-7


दाङ । त्रिभुवन विश्व विद्यालय सहित आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आईतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । यसै क्रममा दाङको राप्ती गाउँपालिका वडा नं :- २ बरहाखुट्टी स्थीत ऐरावती आदर्श बहुमुखी क्याम्पसमा पनि बिहान ८ बजेदेखि नै मतदान सुरु भएको छ।
कुल ६७४ मतदाता संख्या रहेको क्याम्पसमा अखिल संयुक्त को तर्फ बाट सभापति पदको लागि विष्णा भण्डारी( संगिता), सचिव पदमा अशोक खनाल,कोषाध्यक्ष पदमा टिकाराम रावत,सदस्य पदमा निमराज गाैतम,विवेक घर्ती,माया कुमाल, फरिदा प्रविन,सिद्वार्थ सुवेदी रहेका छन् । त्यसैगरी नेवि संघको तर्फबाट सभापतिपदमा भुवन भट्टराई,सचिव पदमा अरूण पाैडेल,कोषाध्यक्ष पदमा रेजिना कुमाल,सदस्य पदमा निलम चाैधरी,प्रकाश पुन मगर,माैसम पुन,सुहाना निशा,ललिता चाैधरी रहेका छन् । त्यसैगरी स्वतन्त्र तर्फबाट सभापति पदमा विनोद कुमार सोनी र मोहन वैद्य निकट अखिल नेपाल क्रान्तिकारी को तर्फबाट मनोज थापाले उम्मेदवारी दिएका छन् । मतदान उत्साह जनक तरिकाले चलिरहेको निर्वाचन समितिले जानकारी दिएको छ।
स्ववियु चुनाव भइरहेको क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ र पत्रकारहरुलाई समेत प्रवेशमा रोक लगाइएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ। मतदान दिउँसो ४ बजेसम्म चल्नेछ भने मतगणना बेलुकाबाट सुरु हुने बताइएको छ ।
