सन्तोष पुन मगर/राप्ती गाउँपालिका आइतबार, चैत्र ०५, २०७९

दाङ । त्रिभुवन विश्व विद्यालय सहित आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आईतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । यसै क्रममा दाङको राप्ती गाउँपालिका वडा नं :- २ बरहाखुट्टी स्थीत ऐरावती आदर्श बहुमुखी क्याम्पसमा पनि बिहान ८ बजेदेखि नै मतदान सुरु भएको छ। कुल ६७४ मतदाता संख्या रहेको क्याम्पसमा अखिल संयुक्त को तर्फ बाट सभापति पदको लागि विष्णा भण्डारी( संगिता), सचिव पदमा अशोक खनाल,कोषाध्यक्ष पदमा टिकाराम रावत,सदस्य पदमा निमराज गाैतम,विवेक घर्ती,माया कुमाल, फरिदा प्रविन,सिद्वार्थ सुवेदी रहेका छन् । त्यसैगरी नेवि संघको तर्फबाट सभापतिपदमा भुवन भट्टराई,सचिव पदमा अरूण पाैडेल,कोषाध्यक्ष पदमा रेजिना कुमाल,सदस्य पदमा निलम चाैधरी,प्रकाश पुन मगर,माैसम पुन,सुहाना निशा,ललिता चाैधरी रहेका छन् । त्यसैगरी स्वतन्त्र तर्फबाट सभापति पदमा विनोद कुमार सोनी र मोहन वैद्य निकट अखिल नेपाल क्रान्तिकारी को तर्फबाट मनोज थापाले उम्मेदवारी दिएका छन् । मतदान उत्साह जनक तरिकाले चलिरहेको निर्वाचन समितिले जानकारी दिएको छ।

स्ववियु चुनाव भइरहेको क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ र पत्रकारहरुलाई समेत प्रवेशमा रोक लगाइएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ। मतदान दिउँसो ४ बजेसम्म चल्नेछ भने मतगणना बेलुकाबाट सुरु हुने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]