
Fmb
Nsb
Ksb
Csb
Ksb
Ppu
Ssb
Ssb
Tgp
Bsn
jsb
Ksb
Rsb
Gsb
Usb
Rks

Hl1
Tsb
Ssb
Gsb
Usb

ptl
Nps
Rgu
दाङ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।त्रिविअन्तर्गत सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो। बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको छ ।
निर्वाचनका लागि आज बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मका मतदानको समयअवधि तोकिएको छ। यस अवधिमा विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्रक्रिया पूरा गरी मतदान गर्न पाउनेछन्।
आज दाङको गढवा बहुमुखी क्याम्पस गढवा, देउखुरी बहुमुखी क्याम्पस लमही र आदर्श ऐरावति बहुमुखी क्याम्पस लालमटियामा मतदान भैरहेको छ। गढवा बहुमुखी क्याम्पस गढवामा ११:३० बजे सम्मा लगभग ४२ प्रतिशत मतदान भएको छ। कुल १सय ७९ मतदाता संख्या रहेको गढवा बहुमुखी क्याम्पसमा यो समाचार तयार पार्दा सम्म छात्रा ५८ र छात्र १७ जनाले मतदान गर्नु भएको छ।
यसैगरी,तिन वटै मतदान स्थलमा चुनावको चहलपहल बढीरहेको छ। यतिबेला मतदानस्थलमा विद्यार्थीहरु मतदानका ला पुगिरहेका छन्। विवादका कारण आज निर्वाचन गर्न नसकेको महेन्द्र बहुमुखी क्याम्पसले यही चैत्र ८ गते निर्वाचन हुँदैछ।
