
Gfs
pku
Rgp
Lnp
Pes
Ses
Srbpu
Ggp
Djs
Sgr
Rgp1
Unsku
Pbu
cjs

Rsb
Hal
Vor
Ggd
Wsp
Rgs
Asm
Rgu
Ssm
nsb
Sbs
Rgu
Ksm
Pvg
Bbu
Tsm
Sls
Bbbpu
Gst

Syp
Ptm
Abd
Rmb
Pls
Bml
Jmb
Rpp
sab
bbt
Gsb
Jmb
Mks
दाङ । मुक्त कमलरी बिकास मञ्च दाङ,स्वान नेपाल र दक्षिण देउखुरी अधिकार मञ्चको संयुक्त आयोजनामा वालबिवाहको वर्तमान अवस्था र त्यसका कानूनी प्राबधानका बारेमा बिहिवार देउखुरीको गढवामा सरोकारवाला निकायहरुबिच अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।
कृयाशिल संघसंस्थाका प्रमुख र प्रतिनिधीहरु, इलाका प्रहरी कार्यालय गढवा तथा जनप्रतिनिधी सहितको उपस्थितिमा कार्यक्रम गरिएको मुक्त कमलरी बिकास मञ्च दाङका कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिनु भयो । बिश्व स्तरमा ६७ करोड ५० लाख जनसंख्याले कानूनले तोकेको उमेर पुरा नहुदै वालबिवाह गर्ने गरेको र त्यसमा नेपाल दशौं नम्बरमा पर्ने कार्यक्रममा औल्याईएको थियो ।
दाङ जिल्लामा १५ प्रतिशतले १५ देखि १९ बर्षको उमेरमा बिवाह गर्ने गरेको र १० देखी १४ उमेर समूहका १० प्रतिशत वालविवाह हुने गरेको सो अवसरमा जानकारी गराईएको थियो । वाल बिवाह अशिक्षा,कुरीती र कुसंस्कार भएकोले यसलाई अन्त्य गर्न समाजिक अभियन्ता,सुरक्षा निकाय,स्थानीय सरकार र संघसंस्थाहरु एकाकार भएर लाग्नुपर्ने कुरामा कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए ।
वालविबाह न्यूनिकरण र अन्त्यका लागि मुक्त कमलरी बिकास मञ्च दाङले जिल्लाका कैयन स्थानीय पालिकाहरुमा अभियानका रुपमा सचेतना कार्यक्र्रमहरु गर्दै आएको मञ्चका कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा वालविवाह हुनुका कारणहरु,नेपाल सरकारले तय गरेका कानूनी प्रबधानहरु तथा न्यूनिकरणका उपायहरुका बारेमा अबगत गराईएको थियो । गढवा गाउँपालिका क्षेत्रमा हुने गरेका वाल विबाहलाई न्यूनिकरण र रोकथाम गर्न बिवाह पुर्व स्थानीय सरकार मार्फत सिफारिस पद्धति लागु गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले निश्कर्ष निकालेका छन् ।
कार्यक्रमबाट वाल विवाह बहिष्कार गर्ने,जानकारी पाउँदासाथ स्थानीय सरकार र प्रहरीमा जानकारी गराउने, गाउँ समाजमा कसैले पनि सिफारीस नगर्ने र वालविवाह न्यूनिकरणका सचेतना मुलक कार्यक्रमहरुमा समेल हुने र सामाजिक सन्देश प्रवाह गर्ने तथा स्थानीय सरकारलाई वालविवाह अन्त्यको रणनितिक योजना पारित गरि कार्यान्वयन गर्न मागपत्र पेश गर्ने लगायतका प्रतिवद्धतामा हस्ताक्षर गरिएको कार्यक्रम आयोजकले जनाएको छ ।
कार्यक्रमको सहजिकरण प्रशिक्षक देवि प्याकुरेलले गर्नु भएको थियो भने सञ्चालन ज्ञानु थापाले गर्नु भएको थियो । मुक्त कमलरी बिकास मञ्च दाङले जिल्लाका विभिन्न पालिकाहरुसंगै गढवाका ५ र ७ नम्बर वडाहरुमा बस्ति स्तरमा समेत पुगेर वालविवाह न्यूनिकरणका सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक थापाले बताउनु भयो ।
