शिबराज पन्थी/सिधा-पत्र कर्मी शुक्रबार, चैत्र ०३, २०७९

दाङ । मुक्त कमलरी बिकास मञ्च दाङ,स्वान नेपाल र दक्षिण देउखुरी अधिकार मञ्चको संयुक्त आयोजनामा वालबिवाहको वर्तमान अवस्था र त्यसका कानूनी प्राबधानका बारेमा बिहिवार देउखुरीको गढवामा सरोकारवाला निकायहरुबिच अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।कृयाशिल संघसंस्थाका प्रमुख र प्रतिनिधीहरु, इलाका प्रहरी कार्यालय गढवा तथा जनप्रतिनिधी सहितको उपस्थितिमा कार्यक्रम गरिएको मुक्त कमलरी बिकास मञ्च दाङका कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिनु भयो । बिश्व स्तरमा ६७ करोड ५० लाख जनसंख्याले कानूनले तोकेको उमेर पुरा नहुदै वालबिवाह गर्ने गरेको र त्यसमा नेपाल दशौं नम्बरमा पर्ने कार्यक्रममा औल्याईएको थियो ।

दाङ जिल्लामा १५ प्रतिशतले १५ देखि १९ बर्षको उमेरमा बिवाह गर्ने गरेको र १० देखी १४ उमेर समूहका १० प्रतिशत वालविवाह हुने गरेको सो अवसरमा जानकारी गराईएको थियो । वाल बिवाह अशिक्षा,कुरीती र कुसंस्कार भएकोले यसलाई अन्त्य गर्न समाजिक अभियन्ता,सुरक्षा निकाय,स्थानीय सरकार र संघसंस्थाहरु एकाकार भएर लाग्नुपर्ने कुरामा कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए ।

वालविबाह न्यूनिकरण र अन्त्यका लागि मुक्त कमलरी बिकास मञ्च दाङले जिल्लाका कैयन स्थानीय पालिकाहरुमा अभियानका रुपमा सचेतना कार्यक्र्रमहरु गर्दै आएको मञ्चका कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा वालविवाह हुनुका कारणहरु,नेपाल सरकारले तय गरेका कानूनी प्रबधानहरु तथा न्यूनिकरणका उपायहरुका बारेमा अबगत गराईएको थियो । गढवा गाउँपालिका क्षेत्रमा हुने गरेका वाल विबाहलाई न्यूनिकरण र रोकथाम गर्न बिवाह पुर्व स्थानीय सरकार मार्फत सिफारिस पद्धति लागु गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले निश्कर्ष निकालेका छन् ।कार्यक्रमबाट वाल विवाह बहिष्कार गर्ने,जानकारी पाउँदासाथ स्थानीय सरकार र प्रहरीमा जानकारी गराउने, गाउँ समाजमा कसैले पनि सिफारीस नगर्ने र वालविवाह न्यूनिकरणका सचेतना मुलक कार्यक्रमहरुमा समेल हुने र सामाजिक सन्देश प्रवाह गर्ने तथा स्थानीय सरकारलाई वालविवाह अन्त्यको रणनितिक योजना पारित गरि कार्यान्वयन गर्न मागपत्र पेश गर्ने लगायतका प्रतिवद्धतामा हस्ताक्षर गरिएको कार्यक्रम आयोजकले जनाएको छ ।कार्यक्रमको सहजिकरण प्रशिक्षक देवि प्याकुरेलले गर्नु भएको थियो भने सञ्चालन ज्ञानु थापाले गर्नु भएको थियो । मुक्त कमलरी बिकास मञ्च दाङले जिल्लाका विभिन्न पालिकाहरुसंगै गढवाका ५ र ७ नम्बर वडाहरुमा बस्ति स्तरमा समेत पुगेर वालविवाह न्यूनिकरणका सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक थापाले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]