
gis
mss
Rsb
Ppu
Csb
Gsb
Ssb

Ssb
Tsb

Rgu
Nps
बाँके । नेपालगन्जको गणेशमान चोकमा बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गरेका छन् । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो ।
भारतबाट अबैधरुपमा नेपाल कुखुरा भित्रिने भएको हुँदा नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । उनका अनुसार आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।
त्यस्तै उनले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहरीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेका छ्न । जमुनाह साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरु गुनासो गर्छन् ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई लाइन दिने कार्य नरोकिदासम्म नेपाली किसानले यसैगरी मार खेपिरहन पर्ने किसानहरुले आफ्नो पिडा सुनाए ।
