Sidha Patra शुक्रबार, आश्विन ०९, २०७७

अर्घाखाँची । जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर १२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगाएको छ । यद्धपी पहिरोले घर बगाएपनि कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनु भएको छ ।

‘पहिरो जाँदाजाँदै हो-हल्ला गरेर सबै दौडिएर जोगिन सफल भएका छन् ।’उहाँले भन्नू भयो, ‘पहिरो जाँदा भागेर तितरवितर भएका कारण सबै सम्पर्कमा थिएनन्, हामीले खोजी गर्दा सबै सुरक्षित रहेछन् । १७ घर-गोठ क्षति भएर नष्ट भएका छन् । केही घर पुरिएका र केही ढलेका छन् । गोठमा पालिएका सबै चौपाया मरेको उपरीक्षक बुढाथोकीले बताउनु भयो । गाई,भैंसी,बाख्रा, खसी-बोका, कुखुरा लगायत घरपालुवा जनावर मरेका छन् । पहिरो आसपास क्षेत्रमा बस्ने १८ घर अति उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । पानी परिरहेकाले पहिरो बग्ने क्रम भने रोकिएको छैन ।

पहिरो स्थलमा सुरक्षाकर्मी,जनप्रतिनिधि, दलका नेता र स्थानीय गएका छन् । पहिरोबाट विस्थापित भएका घरपरिवारलाई खाने-बस्ने व्यवस्था नगरपालिकाले मिलाउने नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनु भएको छ । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पहिरो गएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]