
Rgp
Rgp1
Srbpu
Sgr
Lnp
Pbu
pku
Unsku
Ggp

nsb
Hal
Wsp
Ggd
Rsb
Asm
Vor
Sls
Rgu
Tsm
Pvg
Ksm
Sbs
Rgu
Gst
Bbu
Rgs
Bbbpu
Ssm

Jmb
Ptm
Bml
Gsb
sab
Mks
bbt
Syp
Abd
Rpp
Pls
Rmb
Jmb
दाङ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत र अनेरास्ववियु विश्वविद्यालय विद्यापीठका अध्यक्ष राधाकृष्ण सुवेदीले निर्वाचन प्रक्रिया तत्काल स्थगन गरी आवश्यक छानविनसहित वास्तविक मतदाता नामावली प्रकाशन गर्न माग गरे ।
त्यस्तै उनीरूले माग बेवास्ता गरी अघि बढे आन्दोलन चर्काउने र त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी निर्वाचन समिति र क्याम्पस प्रशासन हुने समेत बताएका छन् ।
यसैबीच घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (एस) बीच चुनावी तालमेल हुने भएको छ। दुई संगठनका जिल्ला नेतृत्वबीच महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेर जाने सहमति भएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिए।
नेविसंघका अध्यक्ष पोख्रेल र अनेरास्ववियू (एस)का कार्यवाहक अध्यक्ष खिमा घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै दुुई संगठनको चुनावी तालमेल भएको र दुई संगठनको गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन्। यो क्याम्पसमा गठबन्धनका तर्फबाट नेविसंघका मनोज डिसी स्ववियु सभापतिको उम्मेदवार छन् ।

