
Srbpu
Lnp
Sgr
Rgp
Ggp
Pbu
pku
Rgp1
Unsku

Wsp
Ksm
Sbs
Bbbpu
Bbu
Gst
Ggd
Vor
Hal
Rgs
Rgu
Asm
Sls
Pvg
Rsb
nsb
Tsm
Rgu
Ssm

bbt
Syp
Bml
Mks
Rpp
Jmb
Abd
Pls
sab
Rmb
Jmb
Gsb
Ptm
दाङ । ईलाका प्रहरी कार्यालय गढवामा हालै सरुवा भएर आउनु भएका महिला प्रहरी निरिक्षक नविन ओलीले प्रहरी संगठन मार्फत आफ्नो इलाकामा भए गरेका कामहरुलाई नागरिक स्तरसम्म पुरयाउने सुचनाको माधयमलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।
कार्यालयको आयोजनामा सोमवार पत्रकारहरुसंग भएको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख ओलीले यस्तो बताउनु भएको हो । आजको युग सुचना र सञ्चारको युग भएकोले प्रहरी र पत्रकार बिचको बलियो समन्वयले मात्र नागरिक स्तरसम्म सुचनाको पहुँच बढाउन सकिने उहाँले बताउनुभयो । स्थानीय स्तरमा पत्रकारहरुले अपराधमा संलग्नहरुलाई पहिचान गर्न सक्ने भएकोले पत्रकारहरुबाट प्रहरीलाई सुचना दिने र प्रहरी संगठनबाट पनि आफ्नो क्षेत्रको सुचना लिने–दिने कुरामा कञ्जुस्याई नहुने प्रहरी प्रमुख ओलीले बताउनु भयो ।
गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको ठूलो भूगोल इलाका प्रहरी कार्यालयको जिम्मेवारीमा रहेको हुदा यस क्षेत्रका आम नागरिकहरुको जिउ धनको सुरक्षा, अपराध नियान्त्रण र समाजमा शान्ति सुब्यवस्था तथा अमन चैन कायम गर्नु आफ्नो दायित्व भएको उहाँले बताउनुभयो । गढवा र राजपुर गाउँपालिकामा धेरै नाका क्षेत्रहरु पनि भएकोले आफूसंग भएको जनशक्तिलाई ब्यवस्थित ढंगले परिचालन गरि आम नागरिकको शान्ती सुब्यवस्था कायम गर्न प्रहरी संगठन जिम्मेवार रहेको र पत्रकार,राजनितीकदल,नागरिक समाज र आम नागरिकहरुको तर्फबाट पनि प्रहरी मेरो साथी भन्ने अबधारणालाई मनन गरेर सहयोग गर्न उहाँले सबैमा आव्हान गर्नु भयो ।
गढवा र राजपुर क्षेत्रमा हुने नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसारपसार, अबैध काठ ओसारपसार तथा बन्यजन्तुको चोरी शिकारी, बजार क्षेत्रमा हुने चोरीका घटनाहरु र नाका क्षेत्रबाट हुने अबैध सामान ओसारपसारलाई नियन्त्रण गर्न कडाई गर्नुपर्ने बिषयमा पत्रकारहरुले प्रहरी प्रमुखको ध्यानाकर्षण गराउँदै सुझाव प्रस्तुत गर्नु भएको थियो ।
