
Ggp
Rgp
Rmb
Cps
Pes
sbs
cjs
Djs
Rgp1
pku
Gis
Sds
Unsku
Gfs
Lnp
Pbu
Rgp
Sgr
Srbpu

Bbbpu
Ggd
Wsp
Rgs
nsb
Rgu
Rsb
Sbs
Gst
Ssm
Rgu
Vor
Hal
Bbu
Ksm
Tsm
Pvg
Asm
Sls

bbt
Mks
Gsb
sab
Jmb
Bml
Rmb
Jmb
Abd
Ptm
Rpp
Syp
Pls
प्यूठान । नेपाल सरकार समाज कल्याण परिषदको आह्वानमा अहिले राष्ट्रभरि सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम चलिरहेको छ ।
असोज ६ गतेदेखि सुरु भएर १२ गतेसम्म चल्ने कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्यूठानमा पनि नगरपालिकाको सहकार्यमा अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्था नेपालको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजना र गैर सरकारी संस्था जिल्ला शाखा प्युठानको साझेदारीमा विविध कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमीकता समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्ममशिलता भन्ने मुल नाराका साथ ४१ औ सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम अन्तर्गत संस्थाले असोज ७ गते नगरभित्रका कृषि उद्ममीका लागि जलवायु परिवर्तन प्रविधि सामाग्री हस्तान्तरण गरेको छ । ८ देखी १० गते सम्म कोभिड १९ कोरोना (भाइरस ) सचेतना अभिवृद्धि कार्यक्रमको निरन्तरता छ । यस कार्यक्रममा फुलबारी एकीकृत ग्रामीण बिकास संस्थाले भिङ्ग्रीमा माक्स बैकको समेत स्थापना गरेको छ ।
स्वर्गद्वारी गेट नजिक स्थापना भएको मास्क बैंकमा `नभएकाले लिएर जाऊ,भएकाले दिएर जाउ´भन्ने मुख्य उद्देश्य रहेको संस्थाको नगरपालिका कार्यक्रम संयोजक मोहन सुवेदीले जानकारी दिनु भयो । यसै सिलसिलामा आज मास्क बैंकको पहिलो दिन भिङ्ग्री बजार आएका ४ सय ७३ जना नागरिकले मास्क लिएर गए भने भएकाले मास्क खरिदको लागि जम्मा ७ हजार २ सय रूपैयाँ दिएर गए । सप्ताह व्यापी चलेको कार्यक्रममा आज संस्थाले नगरपालिका भित्रका क्वारेन्टाइनमा रहेका १९ जना नागरिक तथा आइसुलेसनमा रहेका ३ जना कोरोना संक्रमित नागरिक गरी २३ जनालाई फलफुल समेत वितरण गरेको हो ।
यसैगरी ११ गते स्वर्गद्वारी ३ किमिचौरमा लैङ्गिक समानता प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम गर्ने कार्यक्रम संयोजक सुवेदीले बताउनु भयो । फुलबारी एकीकृत ग्रामीण बिकास संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतको अध्यक्षतासङ्गै सम्पन्न भएको आजको कार्यक्रममा स्वर्गद्वारी नगरपालिका का प्रमुख नेत्र बहादुर रोका क्षेत्री प्रमुख आतिथ्यता रहेको थियो ।
संयोजक मोहन सुवेदीले सहजीकरण गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख रोका क्षेत्रीले यस संस्थाले यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नागरिकको सुरक्षाको लागि नगरपालिका संग सहकार्यमा रहेर अमुल्य सहयोग तथा अतुलनीय योगदान गरेको बताउदै नगरपालिकाको सहजतामा यसरी सक्रिय रूपमा प्रस्तुत भएकोमा धन्यवाद तथा आभार व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो ,” यो विषम परिस्थिति संग भिड्नका साथसाथै कृषी , पशुपालन , लैङ्गिक समानता शिक्षा जस्ता क्षेत्रमा नगरभित्र अतुलनीय सहयोग फुलबारीले गरेको छ,यसको लागि धन्यवाद बाहेक केही छैन हामी संग उहाँले भन्नू भयो ।
