
Cps
Unsku
Sds
Srbpu
Rgp
pku
sbs
Rmb
cjs
Pbu
Pes
Sgr
Gis
Djs
Rgp1
Ggp
Gfs
Lnp
Rgp

Rgu
Wsp
Pvg
Bbu
Hal
Bbbpu
Gst
Sls
Ssm
nsb
Vor
Asm
Rgu
Ggd
Rgs
Rsb
Sbs
Ksm
Tsm

Rmb
Jmb
Gsb
Bml
Abd
bbt
Ptm
Jmb
Rpp
Pls
Syp
sab
Mks
दाङ । लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी भरतमणी चौधरीले दशका खेतमा तिनसय यु.यास.बाह्र बाइब्रेट जातको धान लगाउनुभयो । परम्परागत रुपमा धान खेती गर्दै आउनु भएका चौधरीले गतवर्ष भन्दा यसवर्ष बढी धान उत्पादनमा वृद्धि आउने विश्वास गर्नुभयो थियो । चौधरीलाई प्रत्येक वर्ष धान स्यार्ने चटारो हुन्थ्यो । यसवर्ष तिहार ढिलो भएकाले तिहारअघि धान काट्ने चटारो सुरु गर्ने योजना बनाउनु भएका चौधरीले काटेर खेतमा राखेको धान पानीले भिजेपछि धान स्यार्न नपाउदाँ चिन्तीत हुनुहुन्छ ।
उहाँले भन्नुभयो,–। ‘हरेक वर्षझै यतीबेला धान स्यार्ने चटारो हुन्थ्यो । तर यसवर्ष लगातार वर्षातको कारण काटेर खेतमा राखेको धान स्यार्न पाएको छैन । लगाएको धान वर्षातका कारण सबै खेतमा भिजेको छ ।’ ‘अधिकांश ठाउँमा धान काटेर खेतमा राखिएको छ । अहिले खलो (धान झार्न र पराल दाईं गर्न खेतलाई सफा गरेर बनाइएको स्थल)मा भेला गरेर झार्ने, दाईं गर्ने बेलाामा लगातार वर्षातका कारण काटेर राखेको धान पानीले भिजेपछि अहिले सम्म धान स्यार्न पाइएको छैन, चौधरीले भन्नुभयो ।’
यस्तै लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी डण्डीराम चौधरीले आठकट्ठा खेतमा लगाएको चौसट चौवालिस हाइब्रेट जातको धान मध्य चारकट्ठा खेतको धान लगातार वर्षातका कारण ढलेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘आठकट्ठा खेतमा लगाएको धान मध्य चारकट्ठा खेतको धान ढलेको छ । वर्षातका कारण चारकट्ठा खेत पोखरीमा परिणत भएको । वर्षात नभएको भए यतिबेला धान स्यारेर भ्याइन्थ्यो । हावाहुरी र भारी वर्षाका कारण धानबालीमा क्षति पुगेको छ ।’
पाक्ने बेलाको धान ढलेपछि कृषकहरु चिन्तित बनेका छन् । धान स्यार्ने बेला काटेर खेतमा राखेको धान पानीले भिजेपछि देउखुरीका अधिकांश कृषकहरु चिन्तीत बनेका हुन् । केहि दिनदेखि पटक(पटक हावाहुरी सहित भारी वर्षा हुँदा अधिकाँश धान ढलेको छ । पाक्ने बेलामा धान ढलेपछि गेडा पुष्टिन नपाउने हुँदा उत्पादनमा समेत गिरावट आउने लमही नगरपालिका वडा नम्बर ३ निवासी कृषक छविलाल चौधरीले बताउनुभयो । कृषक चौधरीका अनुसार अझै थप पानी परेमा धानको उत्पादनमा ठुलो असर पुग्ने भन्नुभयो ।
काटेर राखेको धान पानीले भिजेमा धानको गुणस्तरमा कमी आउने लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘अहिले सम्म लमही नगरपालिकामा कृषकहरुबाट कुनै गुनासो आएको छैन । तर लगातार वर्षातको कारण गर्दा काटेर राखेको धान पानीले भिज्यो भने धानको गुणस्तरमा कमी आउने, नकाटेको धान वर्षातका कारण ढल्यो भने उत्पानदमा कमी हुने, विउ उत्पादनका लागी लगाइएको धानबालीमा क्षती हुन्छ ।
‘त्यती मात्रै नभए अतत्याधि वर्षातको कारण तरकारी उत्पादनमा कम हुने, ढुसीका कारण तरकारीका बालीहरुले विभिन्न रोगको समस्या देखिने प्रमुख चौधरीले बताउनुभयो ।
यता कृषी ज्ञान केन्द्र दाङमा धानबालीको क्षती सम्बन्धी कुनै तथ्याङ्क नरहेको कृषी ज्ञान केन्द्रका प्रमुख सन्देश घितालले जानकारी दिनुभयो । तथ्यांक संकलनको लागी स्थानिय तहहरुमा खबर पु¥याएका छाँै । अहिले सम्म तथ्यांक हामीले पाएका छैनौ । स्थानिय तहरुबाट आएपछि बल्ल तथ्यांक हामीसंग हुन्छ, प्रमुख घितालले भन्नुभयो ।
