
pku
Lnp
Srbpu
Rgp1
Pbu
Unsku
Sgr
Rgp
Ggp

Rsb
Pvg
nsb
Gst
Sls
Sbs
Ksm
Wsp
Ssm
Ggd
Tsm
Rgu
Rgu
Vor
Bbbpu
Rgs
Bbu
Hal
Asm

Gsb
Mks
Pls
Jmb
Bml
bbt
Rpp
sab
Jmb
Ptm
Abd
Rmb
Syp
दाङ । नेपाली महिलाहरुलाई खाडी देशमा गएर स्वदेश फर्किनु पर्दा काठको बाक्सामा पेकिङ भएर फर्किनु पर्दा घर परिवार मात्र होईन गाउँ समाज समेत स्तब्ध र मर्माहत हुन्छन् ।
यस्तो समस्याको स्थायी समाधान गर्न नेपाल सरकारले तत्काल सोंच्न आवश्यक रहेको भन्दै कार्यक्रममा एक महिलाले बोल्दैगर्दा सहभागीहरुका आँखाबाट आँशु मभात्र रसाएनन्,माहोल नै भावबिव्हल र मन्त्रमुग्ध भयो ।
गढवा ७ निवासी सिता शर्माले नारी दिवसको अवसरमा देउखुरी सामुदायिक पुस्तकालय र गढवा स्थित २३ वटा संघसंस्ताहरुको संयुक्त आयोजनामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस समारोहका सहभागिहरुको मनै छुनेगरी बक्तृत्वकलामा यस्तो बोल्नु भएको हो ।
नेपाली महिलाहरु रहरले मात्र होईन बाध्यताले समेत खाडीमा बैदेसशिक रोजगारका लागि जाने गर्छन । बैदेशीक रोजगारमा महिला गएको भनेर हाम्रो समाजले नकारात्मक दृष्टिले हेर्ने गर्छ । कतिपय महिलमाहरुले त घरेलु कामदारको रुपमा खाडीमा गएर चरम शोषण समेत ब्यहोर्नुपरेको यथार्थता छ । तर उनिहरु साहुको ऋण तिर्न र वालवालीकाहरुलाई पढाउन खाडीमा कठोर श्रमसंग संघर्ष गरेका हुन्छन् नेपाली समाजले उनिहरुलाई नै नकारात्मबक ढंगले हेर्ने गर्छ–गढवा ६ वालापुर निवासी मनिषा नेपालीले भन्नुभयो ।
महिलाहरु खाडीमा पुगेर दशऔंली नग्रा खियाएर देशमा रेमिट्यान्स भित्राएका छन् । पारिवारीक बाध्यतामा पिल्सिएर उनिहरु खाडी जाने गर्छन । तर नेपाल सरकारले नेपाली महिलाहरुलाई खाडीमा जानबाट रोक्न र गएपनि उनिहरुको सुरक्षाको वातावरण तयार गर्न सकिरहेको छैन । महिलाहरु एकातिर खाडीमा कठोर संघर्ष गरेर घर परिवार चलाउन बाध्य छन् भने अर्कोतिर खाडीमा अस्तित्व रक्षाको संकटमा समेत फसेर अनधिकृत गर्भ धारण गर्न पनि बिवस छन् । कतिपय महिलाहरु रोजगारको शिलशिलामा बिदेश गएपनि काठको बाकसमा आउन बाध्य छन । नेपाल सरकारले यो समस्यालाई दिर्घकालिन समाधान तर्फ गंभिर भएर सोच्नुपर्छ– बक्तृत्वकलाका प्रतियोगि कमला भट्टले भन्नुभयो ।
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको मुल आयोजना र गढवा गाउँपालिका स्तरमा कृयाशिल २३ बढी संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको नारी दिवस समारोहमा बैदेशिक रोजगार र नेपाली महिलाहरु शिर्षकको बक्तृत्वकला प्रतियोगितामा बोल्ने अधिकांश महिलाहरुले बैदेशिक रोजगारमा महिलाहरुले भोग्नु परेका पिडा यथार्थता र दिर्घकालिन समाधानका बारेमा भाषण गर्दै गर्दा संघसंस्थाहरु गम्भीर देखिन्थे भने कार्यक्रमका अधिकांश सहभागिहरुका आँखा रसाएका थिए ।
पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता र महिला मानव अधिकार रक्षक सञ्जाल गढवाका अध्यक्ष रमा कार्कीको प्रमुख आतिथ्यमा आयोजित ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस समारोहमा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आले मगर, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर,गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,यादव समाज सेवा संघका पुर्व अध्यक्ष भगवानदास यादव,नेकपा एमालेका मधा न्यौपाने,माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गिता यादव,राष्ट्रिय जनमोर्चाका गुणनिधी शर्मा , रोटरी क्लब अफ लमहीका अध्यक्ष मोहन कुमार पाण्डेय लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम सुरु हुनु अधि गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र र गढवा होटल ब्यवसायि संघको पञ्चैबाजा तथा यादव समाजको अवधी संस्कृतिको झाँकी सहित गढवा बजारमा शोभायात्रा र मार्चपास गरिएको थियो । चेतनशिल महिला समाज केन्द्रका सचिव उत्तम चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण मुक्त कम्लहरी बिकास मञ्चका कार्यक्रम संयोजक ज्ञानु थापा र नवस्वर्गद्धारी महिला सहकारी संस्थाका सचिव सृजना घिमिरे रजौरेले गर्नु भएको थियो । सो अवसरमा बिविध खेलकुद प्रतियोगिता समेत गरिएको थियो । बक्तृत्वकलाको निर्णयकमा सिता यादव,चुमा न्यौपाने र प्रतिमा केसी रहनु भएको थियो ।


