दिपक ओली/घोराही बुधबार, फाल्गुण २४, २०७९

दाङ । महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता साजिदा सिद्दिकिले नारी दिवसकाे अवसरमा शुभकामना दिनु भएकाे छ । २० वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकि सिद्दिकिले नारीहरुकाे सम्मान गर्दै नारीहरुप्रति गरिने हिंसा तथा दुर्ववहार अन्य हुनु पर्ने बताउनु भएकाे छ ।

नारी एक सहनशिलताकाे प्रतीक भएकाे भन्दै अब हिंसा सहेर बस्न नहुने तर्क गर्नुभएकाे छ । आज एक शुभकामना जारि गर्दै उँहाले यस्ताे बताउनु भएकाे हाे । नारी दिवस दिवसमा मात्र सिमित नभएर प्रतक्ष्य अनुभव हुनेगरि काम गर्नुपर्ने बताउनु भयाे । शहरमा नारी दिवस धुमधामका साथ मनाईरहदा ती गरिव,निमुखा तथा श्रमिक महिलाहरुले नारी दिवस भन्ने कुरा थाहा नपाउदा अझै पनि कैयाै नारिहरु ओझेलमा परेकाे बताउनु भयाे ।

यसकाे बारेमा नागरिक समाज,सरकारी निकाय,स्थानीय सरकार,अधिकारकर्मी लयायतले ध्यान दिनुपर्ने पनि उँहाले बताउनु भयाे । वर्षाैदेखि नारी दिवसकाे अवसरमा कार्यक्रम गर्दै आउनुभएकि नेकपा एमालेकाे केन्द्रीय सदस्य समेत रहनुभएकि सिद्दकि यसपटक नेकपा एमालेका ग्रासरुट अभियान अन्तरगत कपिलबस्तु जिल्लामा खटिनुभएकाे छ । याे अभियानकाे कुशलता पुर्वक कार्यगरि आफुलाई सफल कमान्डरकाे रुपमा परिचित पनि गराउनु भएकाे छ । उहाँ पार्टिकाे निर्देशन अनुसार नियममा रहि कार्यक्षेत्रमा खटिनु भएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]