
Ggp
cjs
Gfs
Pes
Srbpu
Ses
Unsku
Rgp
Rgp1
Djs
Lnp
Pbu
Sgr
pku

Gst
Hal
Rsb
Sls
Wsp
Asm
Ggd
Tsm
Bbu
Ksm
Rgu
Pvg
Ssm
nsb
Rgs
Sbs
Vor
Bbbpu
Rgu

Gsb
Rpp
Mks
Ptm
bbt
Bml
Rmb
Abd
sab
Jmb
Jmb
Pls
Syp
दाङ । राजमो निकट अखिल नेपाल महिला संघ घोराही उपमहानगर समितिको आयोजनामा घोराहीमा’महिला माथि हुने सबै प्रकारका हिंसाको अन्त्य र सामाजिक न्यायको पक्षमा संघर्ष गरौं’ भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ घोराही नगर अध्यक्ष हिरा खनालको अध्यक्ष्यता तथा अखिल नेपाल महिला संघ घोराही नगर सदस्य रजनी परियारको स्वागत मन्तब्य र अखिल (छैंठौ) जिल्ला कोषाध्यक्ष सुनिता आचार्य (पाण्डे)को सञ्चालन सहिद प्रति एक मिनेट मौनधारण गरी कार्यक्रम शुरु भएको थियो।
त्यसैगरी राजमो जिल्ला सदस्य कृष्णा राणाले राजनीतिक, सामाजिक र आर्थिक रूपले पनि महिलाहरु समाजमा अब्बल वा सक्षम हुन आवश्यक छ । महिलालाई अधिकार ३३% होइन ५०% अधिकार चाहिन्छ भनेर भन्नु भयो। महिलालाई अधिकार व्यवस्था आयो तर अवस्था अझै आएको छैन। अखिल नेपाल महिला संघ दाङ जिल्ला सहसचिव उमकला खनालले महिला दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरुले जुन सम्मान समाजमा पाउनु पर्ने थियाे,त्यो सम्मान अझै पाउन कठिन नै रहेको भन्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जनप्रतिनिधि स्वर्गद्वारी नगरपालिका प्युठानकी देवा पोख्रेलले महिलाहरुले आफ्नो हकहितको संपूर्ण श्रमजीवी महिलाहरु एकताबद्ध हुन आवश्यक छ भन्नुभयो । त्यसैगरी राजमो जिल्ला सदस्य सुशील पोखरेल, अखिल नेपाल किसान महासंघ दाङ जिल्ला सचिव मनिराम खनाल, जातिय सम्तासमाज जिल्ला सचिब बलदेव विक, सदस्य पोषण नेपाली,जिल्ला समन्वय समिति प्युठान सदस्य खुमा अधिकारी र अखिल (छैंठौ) सचिब दिनेश रैदास लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
