
Sgr
Ses
Pbu
Ggp
cjs
Srbpu
Pes
Rgp
Unsku
Lnp
pku
Rgp1
Gfs
Djs

Sls
Asm
Rgu
Sbs
Ssm
Tsm
nsb
Vor
Bbbpu
Ggd
Rgs
Rgu
Bbu
Gst
Rsb
Wsp
Ksm
Pvg
Hal

Jmb
Syp
Ptm
Abd
Pls
Rmb
Mks
bbt
Bml
Rpp
Jmb
sab
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा दुई जना कर्मचारीहरूलाई बिदाई तथा सम्मान गरिएको छ ।
राप्ती गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गरेका वडा नम्बर ६ का वडा सचिव मंगलप्रसाद चाैधरी र इलाका प्रहरी कार्यालय भालुवाङबाट सरूवा भएर जिल्ला प्रहरी कार्यालय नेपालगन्ज बाँके जान लागेका सुजन शाहलाई बिदाई र सम्मानपत्र तथा मायाको चिनो सहित सम्मान गरेको हो ।
चाैधरी विगत ३६ वर्षदेखि निरन्तर सचिव पदमा रहि विभिन्न कार्यालयहरूमा सेवा गर्दै आइरहेका थिए । भने शाह विगत एघार महिनादेखि इलाका प्रहरी कार्यालय भालुवाङकाे प्रमुखको रुपमा कार्यरत रहेका थिए । दुवै जनालाई गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली सहित जनप्रतिनिधि,कर्मचारी,सञ्चारकर्मी लगायतले बिदाई तथा सम्मान गरेका हुन् ।
यसै बीच होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियोे । होली पर्व रंगको पर्व भएकाले यसलाई मर्यादित र संयम तरिकाले मनाउन वक्ताहरू आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै बक्ताहरुले बिदाई र सरुवा भएर जान लाग्नु भएका कर्मचारीहरूले सेवा प्रवाहमा पुर्याएको याेगदानकाे उच्च प्रशंसा गर्दै उनीहरूको आगामी दिनकाे सुखद कामना गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का निर्वतमान वडा अध्यक्ष जगत बहादुर थापा,शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, राप्ती गाउँपालिका गाउँ कार्यापालिका सदस्य पार्वती सुवेदी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।
