
Unsku
Lnp
Srbpu
Pbu
Ggp
Ses
Gfs
pku
Rgp
Rgp1
Pes
Djs
cjs
Sgr

Rgs
Rsb
Ksm
Ggd
Hal
Rgu
Asm
Vor
Sbs
Tsm
Bbbpu
Gst
Sls
Wsp
Bbu
Rgu
Ssm
Pvg
nsb

Mks
Bml
Abd
sab
Syp
Rmb
bbt
Rpp
Jmb
Jmb
Pls
Gsb
Ptm
दाङ । “कच्ची माेटर बाटो छ,नियमित यातायातका साधनहरु चल्दैन । घण्टाै पैदल यात्रा हिडेर बजार जानु पर्ने बाध्यता छ । त्यस माथि गर्मीयाम शुरु भएको छ । पैदल हिडेर बजार आउन जान झनै समस्या हुने गर्दछ । बाटाेकाे छेउछाउमा सितलमा बस्ने ब्यवस्थित छहारी कतै छैन।”यी र यस्तै समस्या तथा गुनासोहरु सुनाउदै हुनु हुन्थ्यो राप्ती गाउँपालिका वडा नम्बर ५ काे विकट पहाडी गाउँ करङ्गेकाेटका ६५ वर्षीय प्रेमलाल दर्लामी मगर साेही समयमा एकाएक राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट हातमा घन र हथौडा लिएर त्यहाँ पुग्नु भयाे।
गाउँपालिका अध्यक्ष विष्टलाई एक्कासि त्यहाँ देख्दा उहाँ अचम्मित हुनु भयो । एक छिन पछि करङ्गेकाेट टाेल विकास संस्थाका पदाधिकारी तथा स्थानीय बुद्धिजीवी,समाजसेवी र अन्य व्यक्तिहरु पनि त्यहाँ आइपुग्नु भयो । अनि चाैतरी निर्माणकाे काम शुरु भयो । याे कुनै काल्पनिक नभई यथार्थ घट्ना थियो।शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइ तथा करङ्गेकाेट टाेल विकास संस्थाको सक्रियतामा वडा नम्बर ५ सिसहनियाँदेखि साेही वडाकै विकट पहाडी गाउँ करङ्गेकाेट जाेड्ने बाटाेमा जनश्रमदान गरि व्यबस्थित चाैतारी निर्माण कार्यकाे शुरु गरिएको छ । बाटाेमा हिड्ने पैदल यात्रीहरुका लागि सहज रुपमा थकान मेटाउने र वर्षै पहिले निर्माण भएका चाैतारीहरुकाे संरक्षण गर्ने उदेश्यले जनश्रमदानबाट चाैतारी संरक्षण गर्न लागिएको अध्यक्ष विष्टले जानकारी दिनु भयो ।
त्यस्तै उहाँले पछिल्लो समय युवाहरुमा सामाजिक सेवाको भावना हराउदै गएको प्रति चिन्ता व्यक्त गर्दै युवा पुस्ताहरुमा सामाजिक सेवा गर्ने भावना जागृत गराउन पनि जनश्रमदानमा सहभागी भएको बताउनु भएको छ।”यस क्षेत्रका बालबालिकाहरूलाई उच्च शिक्षा हाँसिल गर्न टाढा जानू पर्ने बाध्यता छ । भरपर्दो माेटर बाटाे छैन,खानेपानी,बिजुली बत्ती,स्वास्थ्य सेवाकाे पनि उत्तिकै समस्या छ । यी सम्पूर्ण समस्याको समाधान गर्नु राज्यको कर्तव्य पनि हाे । त्यसको लागि मैले प्रदेश र संघ सरकार समक्ष विशेष पहल गर्ने छु । “उहाँले भन्नू भयो ।
त्यस्तै उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा विकट बस्तीहरुकाे समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै ग्रामीण क्षेत्रमा बसाेबार गर्ने व्यक्तिहरुकाे जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने याेजना रहेको बताउनुभयो । साे चाैतरी निर्माण कार्यमा करङ्गकाेट टाेल विकास संस्थाका अध्यक्ष गिर बहादुर थापा मगर,समाजसेवी तथा जनता आधारभूत विद्यालय करङ्गेकाेटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापा मगर,प्रावि थकरीकाेटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश थापा मगर,बाल प्रगती प्रावि तल्लो घाेसखाेलाका प्राध्यनाधपक गाेविन्द चाैधरी, समाजसेवी मनाेज दर्लामी मगर ,सन्तराम सारु मगर,युवराज थापा मगर,तन बहादुर दर्लामी मगर, धन बहादुर थापा मगर लगायत स्थानीयबासीहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे ।
