
Rksr-7
Jsbg-7
Usbl-7
Jsbr-3
Msbg-2
Pbu
Gsbr-6
Gsbg-3
ksbl-7
Csbg-7


दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी व्युरोको जनवर्गीय संगठन,राष्ट्रिय मुक्ति मोर्चाहरूको ब्युरो संरचना घाेषणा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीको राप्ती उपत्यकाकाे मौरिघाटमा भएको हो। नेपाल कम्युनिस्ट पार्टीको पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीको अध्यक्षतामा कार्यक्रम को संचालन नेपाल कम्युनिस्ट पार्टीका सि सि एम पुर्वि कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले गर्नु भएको थियो ।
आज शनिबार श्रीचौर मौरिघाटकाे खानेपानी टंकीकाे सभाहलमा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य पार्टीको पिबि एम जन बर्गिय संगठन इन्चार्ज सिलु सी रहनु भएको थियो । अतिथि युवा संगठन नेपालका सचिव विश्लेषण अखिल नेपाल किसान संगठनका अध्यक्ष कालिबहादुर सी, पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी लगायतका केन्द्रीय प्रतिनिधि सदस्य रहनु भएको थियो।
जन्ताको सपना पूरा नेपाल कम्युनिस्ट पार्टीले गर्छ। नेपालमा जनयुद्ध जितेकै हो प्रचण्डले टिक्न दिएनन् । प्रचण्डले धोका नदिएको भए यो समयमा समाजबादको परिकल्पना सुरु हुन्थ्यो । प्रचण्डले धोका दिएपनि महासचिव कमरेड विप्लवले त्यो झन्डा उठाउनु भएको छ । हामी त्यो ठाउँमा छौं । हामीले क्रान्तिलाई मर्नदिएको छैन हामीले सहिदका बाटो बिर्सिएका छैनौं । अब क्रान्तिको केन्द्र र जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काधमा आएको छ । अबको क्रान्तिको जिम्मेवारी तपाईं हाम्रो काधमा छ,परिस्थिति बदलिँदो छ।
माक्र्सवाद भनेको बिज्ञान हो हिजोको माक्सले गरेको ब्याख्याले पुग्दैन त्यसैले हामिले नयाँ तरीकाले बिज्ञानलाई ब्याख्या गरेको छ । नवौं नहाधिबेशनमा धेरै कुरामा हल गरेको छ। मानिस जन्माउने समाज मात्रै भएर हुदैन अब नयाँ बिकासको जिम्मेवारी लिएर पनि जन्मिनु पर्छ । यो सत्तालाई बदल्न हैन बचाउन रबि जस्ता मान्छेलाई अगाडि बढाएका छन। अबको यो देशको नेतृत्व लिने भने नेपाल कम्युनिस्ट पार्टी हो । त्यसको लागि तयार हुन आवान गर्नु भएको छ । जनाधरित पार्टी र जनआधारित नेताकार्यकर्ता हुनपर्छ । अरु पार्टी भन्दा फरक हुनपर्छ । हाम्रो नेताकार्यकर्ता सहि हुनपर्छ । हाम्रो पार्टीले कुनै पनि चन्दाको भरमा नलिने र आत्मनिर्भता लिने भनेको छ । चन्दाकम उत्पादन बढी हुन पर्ने बताएका छन् । लड्नको लागि लड्ने हैन जित्नको लागि लड्ने हो। जनबर्गिय संगठन भनेको जन्तासंग जोडिएर जाने संगठन हो।
अखिल नेपाल किसान संगठनका केन्द्रीय अध्यक्ष कालीबहादुर सीले जन्ताको समस्याको सामाधान नेपाल कम्युनिस्ट पार्टीले गर्छ । नेपाल बाई कृषि प्रधान देश भनेर चिनेने ठाउलाई हामिले बिश्वको बहादुर भनेर चिनिने देशलाई हामीले उत्पादनमा बिकास गर्नुपर्नेछ । सी बजारको ब्याबस्थापन गर्नु पर्ने बताउनु भयो । लुम्बिनी क्षेत्रलाई जसरी बिश्वब्यापी चिनिन्छ । त्यसरी नै कृषिमा बिश्वमा पनि चिनाउन निर्देशन दिनु भएको छ । यो राज्यसत्ता भनेको बिदेसी खच्चरको स्वरूप हो कम्युनिस्टको चेतना भनेको सृजनाआत्मक र रचनात्मक हुनपर्छ।
युवा संगठन नेपालको सचिव विश्लेषण युवालाई बिचार भावनाले मात्रै हुदैन । किसानका छोराछोरी उठाउन पर्छ । जन्ताको समस्याको सामाधान बाटो नेपाल कम्युनिस्ट पार्टीको काधमा आएको जोर गर्नु भएको छ । यो संकटको हल गर्न युवाहरुको हातमा जिम्मेवार आएको जिकिर गर्नु भएको छ । युवालाई गुणआत्मक रुपमा परिवर्तन गर्ने जिम्मेवारी पनि आएको बताउनु भएको छ।
त्यस्तै अन्तमा कार्यक्रमका अध्यक्ष संजिव सीले राजनीतिक बिज्ञानमा एउटा आशावाद हुन्छ,बिस्तार र सुदृढीकरण गर्दै जान पर्ने आवहान गर्नु भएको छ। जनबर्गिय संगठन भनेको सबैको साझा संगठन हो ।राष्ट्रिय मुक्ति मोर्चा भनेको साझा समुदायमा परिवर्तन सी शिक्षक संगठनको सम्योजक रामनिबास साँस्कृतिक महासंघ लुम्बिनी ब्युरो आत्मा सि, देवराज सी जनपत्रकार संगठनको राजेन्द सी आदि रहेका थिए । खेलकुदमा रंजित सी सुकुम्बासीमा खुमानसिङ सी जनबर्गिय संगठनको कार्यबिभाजन भएको छ । अध्यक्ष संजिव सीले आफ्नो मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो।
