दिपक ओली/घोराही शनिबार, फाल्गुण २०, २०७९

दाङ । गुरुकुल एकेडेमिद्वारा पहाडी क्षेत्रका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थिहरुलाई भेटघाट गरी शैक्षिक सामग्रि वितरण तथा सम्मान कार्यक्रम गरिएको छ ।

रोल्पा,प्युठान र सल्यानका ९ वटा विद्यालयमा छोटो कार्यक्रमको आयोजना गरि विद्यार्थिहरुलाई सम्मान तथा शैक्षिक सामग्रि वितरण गरिएको हो । होलि भिजन विद्यालय रोल्पाको तुलसि बोर्डिङ र, ज्ञान मन्दिर बिद्या गृह रोल्पा,लोक चेतना विद्यालय प्युठान,कालिका अंग्रेजि विद्यालय प्युठान र प्युठान भ्यालि विद्यालय प्युठानका ५० जना उत्कृष्ट विद्यार्थिहरुलाई शैक्षिक सामग्रि वितरण गरिएको विद्यालयका नेपाली विषयका बिभागिय प्रमुख विवेक देवकोटाले जानकारी दिनु भयो ।

यसैगरी एमएम एकेडेमि सल्यान,ब्राइट पर्ल एकेडेमि सल्यान र मोर्डन तुलसि सेकेन्डरी स्कुल सल्यानका १९ जना उत्कृष्ट विद्यार्थिहरुलाई सम्मान गरीएको विद्यालयका सहप्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । २०७९ सालको एसइई परीक्षामा सहभागि हुने विद्यार्थिहरुलाई हौसला प्रदान गर्नको लागि गुरुकुल एकेडेमिको प्लस टु शैक्षिक कार्यक्रमको जानकारी गराउने उदेश्यले यो अभियान सुरु गरीएको सहप्रधानाध्यापक गिरीले बताउनु भयो ।

दुइवटा शिक्षकको समुह बनाएर पहाडि छिमेकि विद्यालयहरुमा अवलोकन गरी उक्त कार्यक्रमको आयोजना गरीएको हो । घोराही १५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमि शिक्षा संस्कार र संस्कृतिको त्रिवेणि भन्ने मुल नारा सहित २०७२ सालमा स्थापना भएको हो । सुरुवाति समयमा कक्षा ५ सम्मको कक्षा संचालन गरेको विद्यालयले २०७८ सालबाट प्लस टु का विज्ञान तथा ब्यबस्थापन संकायका कक्षाहरु पनि संचालनमा ल्याएको हो । अहिले ११ र १२ मा २५० बढि विद्यार्थिहरु अध्यनरत रहेका छन । उच्च प्रयोगशाला, प्रविधियुक्त कक्षा कोठा र डिजिटल प्रबिधि मार्फत कक्षा संचालन भैरहेका छन भने अनुभवि शिक्षकहरुबाट शिक्षण सिकाई भैरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]