
Rgp1
Ses
pku
Pes
Rgp
Gfs
Ggp
Pbu
Srbpu
Unsku
cjs
Sgr
Djs
Lnp

Bbu
Pvg
Wsp
Vor
Sls
Tsm
Ssm
nsb
Hal
Ksm
Ggd
Rsb
Sbs
Asm
Rgu
Rgu
Gst
Rgs
Bbbpu

Rmb
Gsb
Bml
Rpp
Jmb
Abd
Ptm
Syp
bbt
Pls
Mks
sab
Jmb
नुवाकोट । बेलकाेटगढी नगरपालिका वडा नम्बर ७ काे कार्यालय रातमाटे नुवाकोटको सहयाेग तथा शान्ति न्याय र लाेकतन्त्रका लागि समावेशी महिला संजाल (संकल्प) जिल्ला शाखा नुवाकोटको आयोजनामा महिलाहरुकाे क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि ५ दिने कार्यक्रमकाे शुक्रबारदेखि सुरु भएको छ ।
कार्यक्रमकाे समुद्घाटन प्रमुख अतिथि बेलकाेटगढि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनेश्वर नेपालले ब्यानर पढेर गर्नु भएको थियाे । वडाले महिलाहरुकाे शसक्तिकरण र क्षमता विकासकाे लागि बजेट निकासा गरि कार्यक्रम सञ्चालमा ल्याएकाे कुरा शुभकामना मन्तब्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपालले बताउनु भयाे ।
महिलाहरुकाे क्षमता अभिवृद्धि गराई शसक्त बनाउने उद्देस्यले सञ्चालित उक्त कार्यक्रम ´´हरेक तह र तप्काका महिलाहरुकाे अर्थपूर्ण सहभागिता आजकाे आवस्यकता“ भन्ने मूल नाराका साथ ५ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ७ नम्बर वडाका ३५ जना महिला तथा किशाेरिहरुकाे सहभागिता रहेकाे छ ।
महिलाहरु घरचुलाे,चाैका मात्रैमा सिमित नरहि सामाजिक र राजनैतिक रुपमा पनि अघि बढेमा मात्रै महिला अधिकारकाे सुनिस्चितता गर्न सहज वातावरण बन्ने भनाई बेलकाेटगढि नगरपालिकाका कार्यपालिका सदस्य गमला लामाले शुभकामना मन्तब्यमा राख्नु भयाे ।
वडावासि महिलाहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गराउन प्रशिक्षणहरुकाे भूमिका नै प्रमुख हुने भएकोले तालिमकाे विषयवस्तु माथि प्रशिक्षकहरुले सहभागिलाई व्यापक छलफल गराई सैद्धान्तिक र प्रयाेगात्मक तवरबाट प्रशिक्षण दिनुपर्ने जानकारी अतिथि महादेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाईराम नेपाल,प्रधानाध्यापक उपेन्द्र महताेले मन्तब्यका क्रममा बताउनु भयाे ।
यसैगरि अतिथि साथै प्रशिक्षक दुप्चेस्वर गाउँपालिका नुवाकोटका निवर्तमान उपाध्यक्ष अञ्जु आचार्यले सहभागिहरुलाई नेतृत्व के हाे ? नेतृत्व कसरि गर्ने ? नेतृत्वमा बाधक के के कुरा बन्ने गर्छन् ? बाधा अबराेधका बाबजुद पनि कसरि नेतृत्वदायि भूमिकामा अग्रसर रहने भन्ने सहभागि प्रशिक्षार्थीलाई प्रशिक्षणका क्रममा जानकारी दिने कुरा शुभकामना मन्तब्यका क्रममा राख्नु भएको थियाे ।
उक्त कार्यक्रममा सभाध्यक्ष शान्ति न्याय र लाेकतन्त्रका लागि समावेशी महिला संजाल (संकल्प)का प्रदेश सचिव लक्ष्मी कुमारी प्रधान,अतिथि नेपाल अपांग महिला संघका रुपा थापा,वेलकाेटगढी नगरपालिका वडा नम्बर ७ का कम्युटर अपरेटर उज्वल ढुंगाना लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियाे ।
