मेगमन बुढा बिहिबार, आश्विन ०८, २०७७

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिले तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह,वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना प्रति दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षक भएको जनाएको छ ।

मञ्चका अध्यक्ष भानु जोशीले आज एक प्रेस विज्ञप्ती जारी गरी मञ्चको ध्यानाकर्षक भएको जनाउनु भएको छ । संरक्षण क्षेत्रमा रहेका सरोकारवाला निकायहरुको कार्यालय नजिकैको वन क्षेत्रमा यसरी साल प्रजातिका रुखहरु काटिदा समेत बेखबर रहनुलाई अर्थपूर्ण ढंगले हेर्न सकिने विज्ञप्तीमा उल्लेख रहेको छ ।

केहि वन समुह,सव डिभिजन कार्यालयका जिम्मेवार ब्यक्तिहरुकै मिलोमतोमा त चोरी तस्करी भई रहेको छैन भन्ने शंका गर्ने प्रशस्त आधार तथा प्रश्न गर्ने समेत ठाउँ रहेको बताउँदै चोरी तस्करी गर्ने र चोरी तस्करीमा सघाउने ब्यक्ति वा समुहको खोजी कार्य गरि गहिरो अनुसन्धानका साथ दोषीहरु उपर कडा कार्वाहीको जोडदार माग मञ्चले गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]