टीकाबहादुर बस्नेत बिहिबार, फाल्गुण १८, २०७९

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनको कार्यलाई तीब्र बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

प्रदेश पूर्वाधार विकास समितिको १४ औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी संरचना निर्माणको कामलाई तीब्र बनाउन निर्देशन दिनुभएको हो । राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा मुलुककै नमुना राजधानी शहर निर्माण गर्ने सरकारको लक्ष्यलाई मूर्तता दिनतर्फ सबै लाग्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको कामलाई समयमै सम्पन्न गर्नतर्फ प्राधिकरण लाग्नुपर्ने बताउनुभयो ।

‘भर्जिन ल्याण्डकारुपमा रहेको राप्ती उपत्यका देउखुरीमा नदी सभ्यतामा आधारित सुन्दर राजधानी शहर निर्माण गर्ने लक्ष्य अनुरुप गुरुयोजना निर्माण गरेको प्राधिकरणले सोही अनुसार काम अगाडि बढाउनुपर्दछ’, मुख्यमन्त्री गिरीले भन्नुभयो । ‘प्रदेशबासीलाई सुन्दर राजधानी शहर हस्तान्तरण गर्ने सरकारको उद्देश्यलाई सबै मिलेर सफल पार्नुपर्दछ । ’प्राधिकरणलाई सबै खालका सहयोग गर्न सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘राजधानीको गुरुयोजना तयार पारेको प्राधिकरणले पूर्वाधार निर्माणलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्दछ । प्राधिकरणलाई सबैखालका सहयोग गर्न सरकार तयार छ ।’

त्यस्तै बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले राजधानी व्यवस्थापनको कार्य तीब्ररुपमा अगाडि बढेको जानकारी दिनुभएको थियो । प्रादेशीक राजधानीको विकासका लागि गुरुयोजना बनाएर निर्माण तीब्र पारिएको भन्दै पोखरेलले समयमै राजधानीका संरचना निर्माण गर्नेगरी काम अगाडि बढेको बताउनुभयो । ‘सम्मानित प्रदेश सभाबाट निर्णय भएअनुसार प्रादेशीक राजधानीको विकासका लागि प्राधिकरणले गुरुयोजना बनाएर काम गरिहेको छ’, प्रमुख कार्यकारी अधिकृत पाण्डेले भन्नुभयो, ‘गुरुयोजना कार्यान्वयनका लागि सरकारको सहयोग अपरिहार्य छ । जग्गा एकीकरणको कार्यलाई छिटोछरितो अगाडि बढाउनुपर्दछ । यो गर्न सकियो भने प्राधिकरणलाई काम गर्न सहज हुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]