
Csbg-7
Gsbg-3
ksbl-7
Msbg-2
Pbu
Rksr-7
Usbl-7
Gsbr-6
Jsbr-3
Jsbg-7


दाङ । नेपाल कम्युनिस्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीले २८ औं जनयुद्ध दिवसको अवसरपारी बुधबार आदर्श नमूना माध्यमिक विद्यालय देउपुरमा भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
जनगन्त्रान्तीक खेलकुद महासंघ दाङ जिल्लाका अध्यक्ष मुक्त सिको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगितामा सो विद्यालयमा अध्ययनरत सिभिल इन्जिनियरिङ तर्फका विद्यार्थी पहिलो र पलस टुमा अध्ययनरत विद्यार्थी दोस्रो कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु तेस्रो भएका थिए ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि समिति सदस्य गणेश सि,लमही नगरपालिका इन्चार्ज पूर्ण सि,राप्ती गाउँपालिका सेक्रेटरी अदिप सि,सेक्रेटरी प्रकाश सि लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक बसन्त अधिकारीले गर्नु भएको थियो ।
प्रतियोगिताको ३ नम्बर जिल्ला देउखुरीका इन्चार्ज विक्रम सिले ब्यानर उद्घाटन गर्नु भएको थियो भने आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेलले बल सर्बिस गरेर खेल अगाडि बढाउनु भएको थियो ।

