सन्तोष पुन मगर/राप्ती गाउँपालिका बिहिबार, फाल्गुण १८, २०७९

सन्तोष पुन मगर/राप्ती दाङ । गत पुस महिनाको २३ गते मेल्लेख गाउँपालिका वाड नम्बर ६ अछाम घर भई धनगढीमा बसोबास गर्दै आउनु भएका वर्ष ३२ का गोपाल प्रसाद भट्टराई धनगढीबाट काठमाडौं तर्फ आफ्नै कार (बा.६. च ४५१९) मा जाँदै हुनुहुन्थ्यो सोही क्रममा राप्ती गाँउपालिका वडा नम्बर १ पाखापानी पेट्रोल पम्पको नजिक महेन्द्र राजमार्गमा बेलुका ६:४० तिर पाखापानी निवासी इन्द्रजीत कुमालको छोरी वर्ष ७० की बिमली कुमाललाई ठक्कर दिँदा उहाँ घाइते हुनु भयो ।

चालक भट्टराईले तुरुन्त आफ्नै कारमा राखेर नजिकैको राप्ती पोलिक्लिनिक पुल्चोकमा लिएर जानु भयो । कुमालको टाउको र देब्रे हातमा चोट लागेकोले थप उपचार्थ प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा लिएर जानु भयो । अहिले घाइते कुमाल पूर्णरुपमा निको भैसक्नु भएको छ । घाइते कुमालको उपचार कार्य पूरा भएपछि फाल्गुन १७ गते दुई पक्ष बसी ईलाका प्रहरी कार्यालय भालुबाङमा मिलापत्र भएको प्रहरी हवल्दार आशु कुमार चौधरीले जानकारी दिनु भयो ।

समाजमा यस्ता धेरै दुर्घटना हुने गर्छ तर प्राय जसो चालकले ठक्कर दिएर भागेको देख्न र सुन्न पाइन्छ । तर आज यस कार्यले भट्टराई जस्ता मन भएकाहरु अरुपनि हुन जरुरी छ । भट्टराईले आफ्नै आमा जस्तो सम्झेर कुमाललाई उपचार गर्नु भयो । बेला बेलामा फोन गर्नु भयो । तागतिलो खानेकुरा खानको लागि पनि आर्थिक कुराले सहायता गर्नु भयो । यस्तै भट्टराई जस्तै सम्पूर्ण हाम्रो चालक दाजुभाइ,दिदीबहिनीहरु मनकारी र इमान्दार भइदिने की?

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]