
Unsku
Srbpu
pku
Rgp1
Ggp
Sgr
Lnp
Pbu
Rgp

Bbbpu
Tsm
Ksm
Gst
Ggd
Bbu
Rgs
Rgu
Rsb
Asm
Rgu
nsb
Hal
Vor
Wsp
Ssm
Sbs
Pvg
Sls

Gsb
Bml
Rpp
Ptm
Jmb
Jmb
bbt
Syp
sab
Mks
Pls
Abd
Rmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरीहरुको सवाल सम्बोधनका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिकाको सम्नवय,महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा एक दिने किशोरी हरुको सवाल सम्बोधनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह,विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा अतिथिमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी , इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना,राजेश मिश्र,थुमा देवी उपाध्यक्ष लगायत वडाध्यक्ष हरु रहनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य किशोरी अधिकार मंचकी वविता चौहान रहनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले किशोरीहरूको शिक्षा प्रति अभिभावक सचेत हुनुपर्ने,किशोरीहरू हाम्रो देशका भबिष्य रहेको बताउदै किशोरीहरूको हक अधिकार संरक्षण गर्न नगर स्तरबाट हुने हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा किशोरी हरुको हक अधिकार सम्बंधि निति नियम,साइबर क्राइम,दुर्व्यवहार,लगायतका बिषयमा वक्ता हरूको जानकारी गराएका थिए । कार्यक्रममा ओरेकका सहायक जिल्ला अधिकृत संगीता चौरसियाले जसको सवाल उसैको नेतृत्वमा किशोरी हरू अगुवाई गर्दै,किशोरीहरू तथा स्थानीय सरोकारवाला संगको सम्बन्ध र सहकार्य कसरी विस्तार गर्ने लगायत कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभयो ।
त्यस्तै कार्यक्रममा खुल्ला सवाल कार्यक्रमको अगुवाई किशोरी मंच जिल्ला सदस्य गुडिया यादवले गर्नु भयो । ओरेक संस्थाकी मनोविमर्शकर्ता पार्वती चौधरीले कार्यक्रम संचालन गर्नुभयो ।
