
Sgr
Rgp1
Gfs
Ggp
Djs
Lnp
Rgp
cjs
Pes
Pbu
pku
Unsku
Srbpu
sbs

Asm
Sls
Ssm
Ggd
Rgu
Bbbpu
Vor
Sbs
Rgu
Rsb
Wsp
Pvg
Tsm
Ksm
nsb
Hal
Rgs
Bbu
Gst

sab
bbt
Abd
Gsb
Syp
Bml
Rpp
Jmb
Ptm
Pls
Mks
Rmb
Jmb
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले
स्वस्थ शरीर र प्रकृति जीवनशैली भए मात्र सफल उद्यमी बन्न सकिने बाउनु भएको छ।
गाउँपालिकाकाे आयोजनामा आइतबारदेखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन लालमटियामा सञ्चालित स्वास्थ जीवन जिउनकाे लागि प्राकृतिक जीवनशैली पञ्चगब्य र उद्यमशिलता सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रमा बाेल्दै साे कुरा बताउनु भएको हाे।त्यस्तै अध्यक्ष विष्टले वैदेशिक राेजगारी बाट फर्किएका व्यक्ति तथा आर्थिक अवस्था कमजोर भएका यूवाहरुलाई राेजगारीकाे अवसर प्रदान गर्ने उद्देश्यले पालिकाले गाईकाे गाेबर बाट धुप बनाउने गाैधुप उद्योग स्थापना गर्न लागेकाे बताउनु भयो ।उहाँले भन्नु भयो ” हाम्रै पालिका भित्र वर्षाैदेखि गाैशाला छ तर त्यहाँबाट उत्पादित गाेबर सदुपयोग भई रहेको छैन।
त्यसकाे सदुपयोग गर्दै स्वास्थ्यलाई कुनै पनि असर नगर्ने धुप बनाउन लागेका छाैं त्यस कार्यमा तपाईंहरुकाे अग्रसरता हुन जरुरी छ।”त्यस्तै कार्यक्रमका प्रशिक्षक तथा गब्यशिद्व डाक्टर नरेन्द्र हमालले सहभागीहरुलाई स्वास्थ जीवन जिउनकाे लागि प्राकृतिक जीवनशैली र उद्यमशिलता सम्बन्धि प्रशिक्षण दिनु भएको थियोे । कार्यक्रम राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा कार्यक्रमका प्रशिक्षक तथा गब्यशिद्व डाक्टर नरेन्द्र हमालकाे प्रमुख आतिथ्यतामा भएको थियाे।
त्यस्तै साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले कार्यक्रमकाे औचित्य, आवश्यकता तथा महत्त्वकाे बारेमा सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियाे । साे कार्यक्रममा वडाका जनप्रतिनिधि,विभिन्न सामुदायिक वन,टाेल विकास संस्थाका प्रतिनिधिहरु लगायत एक सय भन्दा बढी स्थानीयबासिहरूकाे सहभागीता रहेको थियो ।वडा नम्बर दुईका वडा अध्यक्ष पहलवान चाैधरीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका पशु सेवा शाखाका अधिकृत दामोदर आचार्यले गर्नु भएको थियोे ।

