
Djs
Rgp
pku
cjs
Srbpu
Unsku
Sgr
Pes
sbs
Ggp
Pbu
Lnp
Rgp1
Gfs

Sls
Gst
Rsb
nsb
Ksm
Sbs
Asm
Rgu
Hal
Pvg
Bbu
Vor
Wsp
Bbbpu
Rgs
Tsm
Ggd
Ssm
Rgu

Syp
sab
Jmb
Bml
bbt
Gsb
Rpp
Jmb
Abd
Rmb
Ptm
Mks
Pls
रुकुमपूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिप्रका रुकुमपूर्वी देशभरमै दोस्रो हुन सफल भएको हो ।
कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकका आधारमा स्वाचालितरूपमा मूल्याङ्कन हुने प्रणाली (सिपीएएस)मा प्रविष्ट विवरणको मूल्याङ्कनबाट आर्थिक वर्ष २०७८/७९ को पहिलो अर्धवार्षिक अवधिमा दोस्रो स्थानमा रहेको हो ।
रुकुमपूर्व ७४ परिसूचकहरूमा ४०.१३ अङ्कसहित दोस्रो स्थानमा छ । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार छन् । मन्त्रालयले आगामी दिनमा पनि सम्पादन हुने सेवा र कार्यसम्पादन थप प्रभावकारी हुँदै जाने अपेक्षा लिएको छ । कार्यसम्पादन सम्झौताको पाँच विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणअन्तर्गतका ७४ परिसूचकमा गरी चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा जिप्रका रुकुमपूर्वले ४०.१३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो हुन सफल भएको हो ।
आगामी छ महिनामा पनि प्रथम स्थान हुने गरी कार्यसम्पादन भइरहेको साथै बेरुजुको सूचकबाहेक अन्यमा राम्रो गर्न सकिने गरी तयारी भएको जानकारी कार्यालयका सिपीएएस सम्पर्क व्यक्ति खम्बु रावतले बताए । विगत आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को स्थानीय भत्ता र दुर्गम भत्ताको बेरुजु रकम नियमित नभएको कारण सो सूचकमा अङ्क प्राप्त गर्न नसकिने हो कि भन्ने अनुमान छ ।
त्यस्तै उक्त बेरुजु रकम फछ्र्योटका लागि गृह मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा फाइल पेस भइसकेकोसमेत उनले जानकारी दिए । पछिल्लो समयमा सो कार्यालयको कार्यसम्पादनको स्तर, कार्यालयको स्वरुप र सौन्दर्यतामा समेत परिवर्तन भएको छ भने नागरिकले सेवाप्रवाहसमेत सहजरूपमा प्राप्त भएको भन्ने सन्तुष्टि व्यक्त गरेका छन् । रासस
