Sidha Patra शुक्रबार, फाल्गुण १२, २०७९

दाङ । घोराहीमा रहेको सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा स्रष्टासँग साहित्यका कुरा कार्यक्रम सम्पन्न गरिएको छ । पुस्तकालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्थको अध्यक्षता एवं प्रमुख वक्ताहरु साहित्यकार, नाटककार तथा रङ्गकर्मी अशेष मल्ल र समालोचक तथा संस्कृतिविद् प्रा. डा. सावित्री कक्षपतीको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

साहित्यकार, नाटककार तथा रङ्गकर्मी अशेष मल्लले नेपाल प्रकृति र संस्कृतिका हिसावले धनि भएको भन्दै साहित्यका माध्यमबाट यसको बजारीकरण गर्नुपर्ने बताउनुभयो । अवको सहित्यले गुनासोलाई भन्दा देशभित्रको सम्भावनालाई उजागर गर्न आवश्यक रहेको बताउनु भयो । नेपाल सेतो क्यानभास भएकाले यसलाई सुन्दर बनाउने बिषयका बारेमा अबको साहित्यले बोल्नु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सावित्री कक्षपतिले विभिन्न राजनीति परिवर्तनका लागि साहित्यको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो । अब साहित्यकारले समाजलाई श्रृजनाको माध्यमबाट खवरदारी गर्नुका साथै श्रजक आफैंले पनि कदम चल्न आवश्यक रहेको बताउनु भयो ।

यस्तै पुस्तकालयका सदस्य सुन्दर गौतमको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट सुरु भएको कार्यक्रममा राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी,संस्कृतिविद डा.गोविन्द आचार्यले नेपाली साहित्यमा वक्ताहरुको योगदान र परिचयका बारेमा बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण पुस्तकालयका सचिव सुदिप गौतमले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]