
Pbu
Lnp
cjs
Srbpu
Rgp1
pku
Rgp
Sgr
Gfs
Pes
sbs
Ggp
Unsku
Djs

Bbbpu
Ssm
Rsb
Ggd
Gst
Rgu
Wsp
Ksm
Pvg
Bbu
Asm
Rgu
Hal
Tsm
Sls
nsb
Sbs
Vor
Rgs

bbt
Abd
Rmb
sab
Rpp
Bml
Jmb
Gsb
Pls
Ptm
Mks
Jmb
Syp
दाङ । देउखुरीको गढवा बजार क्षेत्रका पसलहरुमा विभिन्न चरणमा लगातार रुपमाचोरीका घटनाहरु बढ्न थालेको भन्दै त्यसलाई तत्काल नियन्त्रण तथा रोकथाम गर्न र रातको समयमा प्रहरी गस्ति बढाउन आग्रह गर्दै गढवा उद्योग बाणिज्य संघले बिहिवार इलाका प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
गएराति अस्पताल रोडको चोकको उत्तरतर्फ रहेको सद्दिक इलेक्ट्रीक तथा ग्यास सप्लायर्स र मैया पान पसलको ताला काटेर चोरी भएपछि ब्यवसायिहरुको माग बमोजिम संघले इलाका प्रहरी कार्यालय र गढवा गाउँपालिकाको ध्यानाकर्षण गराएको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले जानकारी दिनुभयो । गढवामा विभिन्न चरणमा बिगतदेखि नै चोरी गर्ने गिरोह सकृय रहेको र आधादर्जन बढी पसलहरुमा चोरी भै सकेको संघका अध्यक्ष मगरले जानकारी दिनु भयो ।
त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै गढवा बजार क्षेत्रमा गाउँपालिका र वडा कार्यालयद्वारा लगाईएको सिसि क्यामराको गुणस्तर नहुँदा चोर पत्ता लगाउन कठिन भैरहेको तर पनि प्रहरी अनुसन्धान कडाईका साथ भै रहेको र कतिपयलाई पक्राउ समेत गरिएको प्रहरी निरिक्षक रञ्जु केसीले बताउनु भयो । चोरी गर्ने गिरोह पत्ता लगाउन हामी थप कडाईका साथ लाग्ने छौं प्रहरी प्रमुख केसीले भन्नुभयो । संघले प्रहरीको गस्ति रातको समयमा कडाईका साथ परिचालन गर्न,चोरी गर्ने गिरोह पत्ता लगाउन र ब्यवसायिहरुको अमन चैन र शान्ती सुरक्षामा थप सकृय हुन इलाका प्रहरी कार्यालय समक्ष माग गरेको छ ।
यसैगरी गढवा गाउँपालिकाका अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र बुझाउदै संघले गढवा बजारमा रोडलाईट बिस्तार गर्न तथा नाईट भिजन सहितका गुणस्तरीय सिसी क्यामराहरु जडान गर्न अनुरोध गरेको छ । संघको ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले यस विषयमा गाउँपालिकाको ध्यानाकर्षण भएको भन्दै सिसी क्यामरा जडान र प्रहरीको सुरक्षा ब्यवस्थाकालागि पालिकाको तर्फबाट पनि पहल गरिने बताउनु भएको छ ।
यसैबिच चोरी भएका पसलहरुको गाउँपालिका अध्यक्ष शर्मा र वडा नं.६ का अध्यक्ष बिरबहादुर आले मगरद्वारा स्थलगत अनुगमन समेत गरिएको छ । गढवा बजारमा बिगत एक महिना अगाडी आचार्य तरकारी परल र उदलको पसल फोडेर चोरी भएको थियो भने गत माघ ४ गतेका दिन के.एन. मोबाईल सेण्टर र साहारा मोबाईल सेण्टरको ताला काटेर चोरी भएको थियो । यसैगरी फागुन ११ गते सद्दिक इलेक्ट्रिक तथा ग्यास सप्लायर्स र मैया पान पसलमा चोरी भएको थियो । यसैगरी सोही रात रा.१ह.५०३५ नम्बरको पार्किङगरी राखिएको अटोको डिग्गी समेत फोडीएको र विभिन्न समयमा मोटरसाईकिलहरु चोरी हुने घटनाक्रम पनि चलिरहेको पाईएको छ । केहि दिन अघि गढवामा विहेभोजमा आउनु भएका लमही निवासी साहित्यकार छबिलाल कोपिलाको साईकिल पनि गढवाबाटै चोरी भएको पाईएको छ ।

