मेगमन बुढा शुक्रबार, फाल्गुण १२, २०७९

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित राप्ती ग्यालेक्सी पब्लिक माध्यमिक विद्यालयको १४ औं वार्षिकउत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम गिरीको अध्यक्षता तथा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि योगीले बालबालिकाको भविष्य निर्माण गर्न र असल मानिस बनाउन शिक्षक र अभिभावकको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ ।छोराछोरीले कस्तो पढाई गरिरहेका छन्,भनेर गृहकार्य हेर्ने,विद्यालयमा पुग्ने शिक्षकसंग सहकार्य एवं समन्वय गरेर बालबच्चाको विशेष ध्यान दिए मात्र आफ्नो छोराछोरीको उज्ज्वल भविष्य निर्माण गर्न सकिने उपप्रमुख योगीले बताउनु भयो । त्यस्तै उहाँले अहिले लमही नगरपालिकामा पाठ्यपुस्तक निर्माण गर्न लागिएको र उक्त पुस्तकमा सैधान्तिक एवं ब्यबहारिक दुई विषयलाई पहिलो ग्राहेता दिएर गृह कार्य भइरहेको जानकारी दिनु भयो ।त्यस्तै कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ८ का निवर्तमान अध्यक्ष मेघनारायण चौधरीले यस क्षेत्रमारहेर लामो समयदेखि विद्यालयले हजारौं बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नु भयो । चौधरीले आफू पदमा रहेपनि वा नरहेपनि विद्यालयलाई सधै साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्याब्सन लमही नगर कमिटीका अध्यक्ष तथा ज्योतिषमतिष विद्यापिठ विद्यालय लमहीका
प्रधानाध्यापक नारायण भुसालले विद्यालयमा बालबच्चाहरु ६ घण्टा मात्र रहने र बाकी १८ घन्टा घरमा रहने भएको हुँदा बालबालिकाहरुलाई असल र ज्ञानी बनाउनको लागि अभिभावकको पनि विशेष भुमिका रहने बताउनु भयो ।त्यस्तै उहाँले प्याब्सन एउटा निजी विद्यालयको साझा संगठन भएको हुँदा यस संगठनसंग आवद्ध सम्पूर्ण विद्यालयलाई कुनै अप्ठ्यारो परे खण्डमा प्याब्सन लमही नगर कमिटीले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै दाङ भुमि आयोग बिज्ञ सदस्य लक्ष्मी चौधरीले विद्यालय एउटा मानिसको भविष्य निर्माण गर्ने थलो भएको हुँदा बालबालिकाको पढाई,लेखाइमा अभिभावक र शिक्षकले विशेष ध्यान दिनु पर्ने बताउनु भयो । मानिसको हरेक सिकाइ विद्यालयबाट हुने भएको हुँदा अभिभावकले आफ्नो बालबच्चाको पढाईमा विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।यस्तै उहाँले उक्त विद्यालयमा केही महिना अघिसम्म
अध्यापन गराएको र सो विद्यालयबाट आफू अघि बढ्नमा धेरै ठुलो मद्दत मिलेको बताउनु भयो । आज म विभिन्न संघ-संस्थाका आवद्ध भएको छु यो सबै राप्ती ग्यालेक्सी पब्लिक माध्यमिक विद्यालयको देन हो आयोग बिज्ञ जिल्ला सदस्य चौधरीले बताउनु भयो ।

त्यसैगरी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भैरव बहादुर रावल,कार्यक्रममा अध्यक्ष रावलले आफ्नो बालबालिकालाई विद्यालयमा पठाएर मात्र नहुने र विद्यार्थीको विद्यालयमा पढाई कस्तो छ भनेर अभिभावकले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।बुद्धिप्रकाश केसी,प्रतिमा केसी स्वागत गीत र
कक्षा ९ मा अध्ययनरत छात्र आयुश बिके विशेष स्वागतमा कार्यक्रम अघि बढाइएको उक्त कार्यक्रममा जहेन्द्र माध्यमिक विद्यालय लमहीका प्रधानाध्यापक कान्ताराम चौधरी,सन्लाइट माध्यमिक विद्यालय लमहीका भोइस प्रिन्सिपल पुनिराम चौधरी लगायतको सहभागी रहेको थियो ।कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक गणेश कोइरालाले आगामी दिनमा विद्यालयबाट गरिने विभिन्न कार्य योजनाको बारेमा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक तथा उपस्थित अतिथि माझ प्रस्तुत गर्नु भएको थियो ।विद्यालयका शिक्षिका पवित्रा घिमिरेको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा कक्षा १० मा उत्कृष्ट अंक लिएर पास हुने प्रकाश चौधरी, निरन्जन चौधरी र पुर्णिमा परियारलाई विद्यालयले सम्मान गरेको थियो । विभिन्न प्रस्तुतिका साथमा संचालन भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक मान बहादुर केसीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]