
Lnp
sbs
Unsku
Srbpu
Rgp1
Gfs
Sgr
pku
Pes
cjs
Rgp
Pbu
Ggp
Djs

Rsb
Bbbpu
Gst
Tsm
Ssm
Sls
Ksm
nsb
Vor
Wsp
Sbs
Hal
Pvg
Ggd
Asm
Bbu
Rgu
Rgu
Rgs

Bml
Jmb
Gsb
Jmb
sab
Rmb
Mks
Abd
Syp
Pls
bbt
Ptm
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा १ सय २० मिटर लामो झुलुङ्गे पुल निर्माण हुने भएको छ ।
केन्द्रीय सशर्त अनुदान डोलीतारको ८५% लगानीमा निर्माण हुन लागेको उक्त झुलुङ्गे पुलको निर्माण कार्यमा राजपुर गाउँपालिकाले १३% लगानी गर्नेछ भने त्यहाँका स्थानीयद्वारा २% श्रमदान गर्नु पर्ने राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।
अनुमानित ९५ लाखमा निर्माण हुने उक्त झुलुङ्गे पुलको निर्माण कार्यमा सेवा प्रतिष्ठान नेपाल तुलसीपुर-६ दाङले सहजीकरण गर्ने सो प्रतिष्ठानका प्राविधिक दिपेश गौतमले जानकारी दिनु भयो ।
त्यस्तै उक्त पुलको डिपिआर यहीँ आउँदै गरेको चैत महिनाको १० गतेभित्र तयारपारी सम्पूर्ण डकुमेन्ट मन्त्रालयमा पठाउने र यता निर्माण कार्यको थालनी तत्काल गरेर एक वर्ष भित्र पुल निर्माण कार्य सम्पन्न गरि त्यहाँका नागरिकलाई सेवा प्रदान गर्ने प्राविधिक गौतमले बताउनु भयो ।
उक्त झुलुङ्गे पुलबाट राजपुरको १ नम्बर वडा नाका अन्तरगतका गाउँहरु कक्रवा, गुरुङ, सुकौली, सिरिया, पटौली, बरुवा, बिशखब्री गरि ७ वटा गाउँका कुल १ सय ५० घर धुरी लाभान्वित हुनेछन् । वर्षाको समयमा विद्यालयमा आउने,जाने स-साना बालबालिकालाई धेरै समस्या रहेको र अब उक्त पुल निर्माण भएपछि समस्या समाधान हुने पटौली गाउँका समाजसेवी वीर बहादुर घर्ती मगरले बताउनु भयो ।
बुधबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले सेवा प्रतिष्ठान नेपालका प्रविधिक दिपेश गौतम आफ्नो स्वकीय सचिव रामबकश चौधरी, गोतबहादुर चौधरीलाई साथमा लगेर स्थलगत सर्वे गरेर फर्किनु भएको छ ।
