
Lnp
Rgp1
Ggp
Rgp
Srbpu
pku
Unsku
Sgr
Pbu

Ggd
nsb
Ssm
Ksm
Sbs
Rgu
Sls
Pvg
Asm
Rgu
Gst
Vor
Bbu
Rgs
Tsm
Bbbpu
Hal
Wsp
Rsb

Bml
sab
bbt
Abd
Gsb
Rmb
Jmb
Rpp
Jmb
Mks
Ptm
Pls
Syp
दाङ । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीले लघुवित्तिय संस्था र मिटरब्याजीेलाई प्रतिबन्ध लगाइएको घाेषणा गरेको छ ।
नेपाल कम्यूनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीका सेक्रेटरी प्रकाश सीले मंगलबार आज लघुवित्तिय संस्था र मिटर व्याजीेलाई प्रतिबन्ध गरेको एक विज्ञप्ति जारी गर्दै यस्तो घाेषणा गरेको हो ।
लघुवित्तीय संस्था र मिटरव्याजीहरुको चरम अन्याय र अत्याचारको डटेर प्रतिरोध गर्न र घर,घरमा किस्ता उठाउन नजान उक्त विज्ञप्तीद्वारा अनुरोध समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ,’लघुवित्तीय संस्था र मिटरव्याजीहरुको यस ३ नं. जिल्ला देउखुरीले प्रतिबन्ध लगाउदै कुनै पनि कर्मचारी घर घरमा किस्ता उठाउन नजान अनुरोध गर्दछौँ । यदि अटेर गरेर गएमा यसबाट निस्कने परिणामको जिम्मेबार आफै हुने व्यहोरा जानकारी गराउन चाहन्छौं ।’ लघुवित्तीय र मिटरव्याजीको कारण आत्महत्या गर्न बाध्य भएका व्यक्तिहरुको परिवारलाई नेपाल सरकारले राहतको व्यवस्थापन गर्नु पर्दछ । साथै जनतालाई ज्यान गुमाउन बाध्य पार्ने संघ,संस्था र मिटरव्याजीहरुलाई अपराधि तथा हत्यारा घोषणा गरि कारवाही गर्न माग गर्दछौं । चर्को ब्याज १ अंकमा नझारे यस्ता जन अपराधि संघ,संस्थाहरुलाई खारेज गर्नु पर्दछ विज्ञप्तिमा उल्लेख रहेको छ ।
लघुवित्तिय संघ,संस्था र मिटर व्याजीेलाई प्रतिबन्ध गरेकाे प्रेस विज्ञप्तिकाे पूरा पाठ निम्न रहेकोछ:
आदरणिय जनसमुदायहरु दलाल पुँजीवादी राज्यसत्ताको संरक्षणमा रहेर लघुवित्तिय संघ संस्था र मिटर व्याजीहरुले आम श्रमिक जनतामाथि आर्थिक शोषण गरिरहेको छ । यस्ता क्रियाकलापप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । लघुवित्तिय संघसंस्था र मिटर व्याजीको कारण कयौं जनताले ज्यान गुमाई सकेका छन् । यसरी जनतामा लुट मच्चाई रहँदासम्म पनि दलाल सरकार नियम र कानूनको दुहाई दिदै जनताका अपराधिहरुलाई प्रोत्साहन गरिरहेको छ । गरिब जनताहरु गाउँघरबाट विस्थापित भइ सडक पेटिमा बस्न बाध्य भइरहेका छन् । पीडित जनतालाई न्याय दिनुको सट्टा सरकारले दमन गरिरहेको छ । लघुवित्तिय संस्था र मिटर व्याजीहरुको चरम अन्याय र अत्याचारको डटेर प्रतिरोध गर्नु पर्छ । लघुवित्तिय र मिटर व्याजीको कारण आत्महत्या गर्न बाध्य भएका व्यक्तिहरुको परिवारलाई नेपाल सरकारले राहतको व्यवस्थापन गर्नु पर्दछ । साथै जनतालाई ज्यान गुमाउन बाध्य पार्ने संघ संस्था र मिटर व्याजीहरुलाई अपराधि तथा हत्यारा घोषणा गरि कारवाही गर्न माग गर्दछौँ । चर्को ब्याज १ अंकमा नझारे यस्ता जन अपराधि संघ संस्थाहरुलाई खारेज गर्नु पर्दछ । लघुवित्तिय संस्था र मिटर व्याजीहरुबाट उत्पन्न समस्या प्रति नेपाल सरकार गैर जिम्मेबार भएको कारण हाम्रो जन प्रिय पार्टी नेपाल कम्यूनिष्ट पार्टी गम्भिर हुँदै लघुवित्तिय संस्था र मिटर व्याजीेहरुको यस ३ नं. जिल्ला देउखुरीले प्रतिबन्ध लगाउदै कुनै पनि कर्मचारी घर घरमा किस्ता उठाउन नजान अनुरोध गर्दछौँ । यदि अटेर गरेर गएमा यसबाट निस्कने परिणामको जिम्मेबार आफै हुने व्यहोरा जानकारी गराउन चाहन्छौं ।
