सिधा-पत्र(काईमबिट) मंगलबार, फाल्गुण ०९, २०७९

पर्सा । बिरगंज महानगरपालिका वार्ड नं १६ मा रहेको नेपाल र भारतकाे पहिलो नाका वीरगञ्ज भंसार कार्यालय अगाडि सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार बि.ओ.पी चेक पोस्टको कमाण्ड सम्हाल्दै आएका सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टकोे कमाण्डमा खटिएका सशस्त्र प्रहरी टोली र इन्सपेक्टर भट्टकोे चर्ती कला यस्तो छ ।

रिपोर्टिङकोे क्रममा चेक पोस्टदेखि २० मिटर पछाडि बसेर मोबाइल चलाई रहेको बेला पर्सा जिल्लाका एबीसी संचारकर्मी रवि बर्णवाललाई फाल्गुन ३ गते बिहान् १० बजे तिर २ जना ड्युटीमा खटिने शसस्त्र प्रहरीका वरिष्ठ हवल्दार र जवान सहित इन्सपेक्टर रविन्द्र भट्टले एकासी आएर त यहाँ किन आइस् तँलाई था छैन् यहाँ कुनै पनि पत्रकारलाई उभिन् पाईन्न भन्दै तिनै जवान लगाई कलर समाती पुरै अपराधी शैलीमा गर्ने बर्ताव गरी घसार्दै बिरगंज भन्सार सशस्त्र प्रहरी बल बि. ओ. पी मा भित्र लगेर गाली गलौज मुख छाड्दै लाठीले घोच्याई पत्र बनाई फसाई दिन्छु भन्दै बल जबर्जस्ती घिच तान समेत गरेका छन्।त्यस्तै मोबाइल फोन समेत खोसेर भिडियो र फोटो क्लिप्स तस्वीरहरु डिलेट गरेका छन् । यस्तै आइन्दा कुनै पनि पत्रकार बिरगंज भन्सार नजीक वरीपरी घुम्न समेत नदिने भनी थर्काए पछि एउटा रजिष्टरमा भरपाई बनाई जबरजस्ती गाली गलौज र ड्युटीमा डिस्टर्ब गरेकाे भन्दै पत्रबनाई सहि छापगरी पुन:
छाडेका थिए । लगत्तै बाहिर आए पछी २/४ जना पत्रकार समक्ष गुनासो समेत भिडियोमा गरेका थिए। सशस्त्र प्रहरी बल भन्सार सशस्त्र प्रहरीको व्यबहार देखेर पैदल यात्रीहरु समेत बिरोध गरेका थिए सिसि क्यामरा हुँदाहुँदै किन भिडियो चिच्ने बेला डराएको भन्दै सशस्त्र प्रहरीलाई सवाल जवाफ गरे पछी सशस्त्र प्रहरी गएका थिए ।यस विषयमा सशस्त्र प्रहरी बल नेपाल न. १३ गणका गणपति एसपी सुमन थपलियालाई जानकारी लिँदा । पत्रकारलाई रिपोर्टिङ गर्ने अधिकार छ हाम्रो सशस्त्र प्रहरीबाट त्यस्तो व्यवहार गर्नु नहुने तर त्यसको प्रमाण भए कार्वाही गर्ने बताएका छन् । यता यस विषयमा सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं. २ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) गणेश ठाडा मगरलाई जानकारी गराउँदा त्यस्ता घृणित हर्कत गर्ने कर्मचारीलाई संगठनको नियम अनुसार कार्वाही गर्ने बताएका छन् ।पटकपटक सशस्त्र प्रहरी बल भन्सार बिओपी इन्स्पेकटर रबिन्द्र भट्टको धेरै पटक गुनासो पनि आएको बताए । प्रहरी निरीक्षक भट्टले पत्रकार माथि दुव्र्यवहार र लछारपछार गरेको र भिडियो फोटो खिच्न सशस्त्र प्रहरीलाई आदेश दिएको प्रमाण भए कार्वाही गर्ने प्रतिबद्धता जनाए । यता भिडियो क्लिप्स बिरगंज भन्सारले जडान गरिएको सी सी टी भी फुटेजमा कैद रहेको छ। त्यो भिडियो क्लिप्स भन्सार चिफले आफु नदिने प्रतिबद्धता जनाएका छन् । सूचनाको हक अनुसार भिडियो प्राप्त गर्ने अधिकार आम नागरिकलाई छ । कसैले सूचनाको हक अनुसार सूचना माग गर्छ भने दिने पर्छ सूचना न दिने कर्मचारी र हाकिमलाई समेत सूचना आयोगले कार्वाही समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]