
Rksr-7
ksbl-7
Jsbr-3
Pbu
Jsbg-7
Msbg-2
Gsbr-6
Gsbg-3
Csbg-7
Usbl-7


कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा पुनर्गठन गर्दा जसपा मंत्रीमण्डलमा सहभागी नहुने संकेत देखिएको थियो । तर हिजो कृषि तथा भूमि व्यवस्था मन्त्रालय पाए पछि भण्डारी लाल अहिर लाई जसपाले मंत्रीमण्डलमा सहभागी गराएको छ ।
यस अघि जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले दुई मंत्रालय पाउनु पर्ने वक्तव्य आउदा जसपा लुम्बिनी प्रदेश मंत्रीमण्डलमा सहभागी हुने नहुने अन्योल जस्तो देखिन्थयो । केही समय अघि जसपा नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव कपिलवस्तु भ्रमणमा आउदा जसपा नेपाल लुम्बिनी प्रदेशको मंत्रीमण्डलमा छिट्टै सहभागी हुने संकेत गरे अनुसार जसपा सहभागी भएको आकलन गर्न सकिन्छ ।
त्यस्तै जसपाले सधै नेपाली जनताको हकहितमा काम गर्दै आएको जिक्र गर्दै बताउदै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नव नियुक्त मंत्री लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
