
Srbpu
Rgp
Sgr
Ggp
Pbu
Rgp1
Lnp
pku
Unsku

Asm
Ksm
Tsm
Ssm
Vor
Wsp
Rgs
nsb
Rgu
Bbu
Ggd
Gst
Rsb
Pvg
Bbbpu
Sls
Hal
Sbs
Rgu

Mks
Rpp
Rmb
Syp
Jmb
Abd
Pls
Jmb
bbt
Bml
Gsb
Ptm
sab
दाङ । लोकतन्त्र र संबिधानको रक्षाका निम्ति नेपाली काँग्रसको नेतृत्वको सरकार आबस्यक रहेको काँग्रेसी नेताहरुले बताएका छन ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ख ले दाङको लमहीमा आयोजना गरेको प्रदेश सम्मेलनमा नेताहरुले यस्तो बताएका हुन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले लोकतन्त्रको रक्षाका निम्ति काँग्रेसको सरकार आबस्यक रहेको औँल्याय । विभिन्न सड्यन्त्रका बाबजुद काँग्रेस प्रतिपक्षमा बस्नुपरेपनि देशका निम्ति काँग्रेस नै चाहिने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका घिमिरेले गुटउपगुट लाई अन्त्य गर्दै समग्र काँग्रेस पार्टीलाई बलियो बनाउन तर्फ अग्रसर रहन सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापती शंकर प्रसाद डाँगी, लुम्बिनी प्रदेश सभा सदस्य लोका कुमारी बि.क, महाधिवेशन प्रतिनिधिहरु जानकीलाल बस्नेत र कर्ण बहादुर बुढाथोकी, क्षेत्रीय सचीव हरिहर शर्मा, पुर्ब क्षेत्रीय सभापति बासुदेब जंगली, लमही नगर सभापती सन्तोष बुढाथोकी लगायतले कम्युनिस्ट सरकार क्षणिक भएको र देशका निम्ति काँग्रेस नै आबस्यक पर्ने भएकाले सबै एकजुट भएर लाग्नुपर्ने धारणा ब्यक्त गरे ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ख का सभापती दिनेश गिरीको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरेको प्रमुख आतिथ्य एबम् जिल्ला सभापती शँकर प्रसाद डाँगीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
प्रदेश सभा ख का उपसभापति दामोदर पौडेलले स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा पार्टीको साङ्गठनिक प्रतिबेदन तथा बार्षिक प्रतिबेदन सचिब लालबिर खड्का र आर्थिक प्रतिबेदन सहसचिव कुल बहादुर बुढा मगरले प्रस्तुत गरेका थिए । कार्यसमिति सदस्य बिना न्यौपानेले धन्यवाद ज्ञापन गरेकि थिईन भने सम्मेलनको सहजीकरण सचीव लालबिर खड्काले गरेका थिए ।
