जयप्रकाश पौडेल/लमही सोमबार, फाल्गुण ०८, २०७९

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर स्थित माध्यमिक विद्यालय फल्कापुरको ४२ औं वार्षिकोत्सब समारोह सव्य र भव्यका साथ आइतबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवान जंग चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रालयका माननीय मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री थारुले गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक,विद्यार्थी र अभिभावकहरुको बीच सहकार्य एवं समन्वय हुन जरुरी रहेको बताउनु भयो ।त्यस्तै मन्त्र थारुले अब जीवन उपयोगी ज्ञान प्रदान गर्न तर्फ विद्यालयले ध्यान दिनु पर्ने बताउदै भौतिक पुर्वाधार मन्त्रालयको तर्फबाट विद्यालयलाई हुने हरेक किसिमको साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

त्यस्तै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले
नगरपालिकाबाट छिट्टै कक्षा १ देखि १० सम्म नि:शुल्क र निजी शिक्षकलाई पनि नगरपालिकाको मातहतमा राखेर आगामी दिनमा शैक्षिक नीति ल्याउन लागेको बताउनु भयो ।

यसैगरी लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले गुणस्तरीय शिक्षाका लागि घरमा पनि अभिभावकले आफ्ना बालबच्चाहरुलाई सस्कार सहितको अभिभावकत्व दिनु पर्ने बताउनु भयो । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष बाबुराम थारु,पत्रकार केपि घिमिरे,बाल जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण केसी लगायतकाले बोल्नु भएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका सस्थापक जग्गादाता, अक्षयकोष दाता सहित उत्कृष्ट शिक्षकका रुपमा अर्जुन कुमार पौडेल सम्मानित हुनु भएको थियो । यसैगरी विद्यालयमा प्रथम,दुतिय र तृतीयका साथै कक्षा १ देखि १२ सम्म कक्षा प्रथम, दुतिय र तृतीय र खेलकुद तर्फबाट पनि पुरस्कार बितरण गरिएको थियो । सो वार्षिक कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य कला प्रस्तुत गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक सुरेश शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्झना शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन कम्प्युटर शिक्षक जय प्रकाश पौडेल गर्नु भएको थियो । त्यस्तै विद्यालयको वार्षिकउत्सबको पुर्वसन्ध्यामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको थियो । साझा अस्पताल प्रा.लि.बुटवलका वरिष्ठ महिला रोग विशेषज्ञ,बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,नाक,कान,घाटी रोग विशेषज्ञ,फिजिसियन,सर्जन तथा स्टाफ नर्सहरुबाट स्वास्थ्य परीक्षण भएको थियो । वेलकेयर फार्मेसी लमही १ कौडियाको नि:शुल्क औषधि वितरण तथा डाक्टरकाे संयोजनमा करिब ४०० जना बिरामीहरूकाे नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको थियाे । जसमा महिला रोगका बिरामीकाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]