
snmbs
Mbf
Snmbs
Ges
Amb
Gesld
Pbu
Sdc
rgs
Snmbs
Dpm
Dbc
dpm


काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले सीईओमा आफूलाई नियुक्त नियुक्त गरेको गुरुङले जानकारी दिनु भयो । ‘सञ्चालक समितिले चार वर्षका लागि नियुक्त गरेको छ,’ उहाँले भन्नु भयो, ‘सोमबार कार्यभार सम्हाल्छु ।’
त्यस्तै गुरुङ यसअघि म्यानमार सिटिजन्स बैंकमा सीईओको रुपमा कार्यरत रहनु भएको थियो । यसअघि उहाँले सिभिल बैंकको सफल नेतृत्व गर्नु भएको थियो । गुरुङसँगै प्रताप सुवेदी,यज्ञ प्रकाश न्यौपाने,बद्री गुरागाई र बिष्णु देव यादव अन्तिम पाँचमा छनोट हुनुभएको थियो । शनिबार भएको अन्र्तवार्तामा गुरुङ प्रमुख कार्यकारी अधिकृतका लागि छानिनु भएको थियो ।
लमजुङको मर्स्याङ्दी ८ भंगेरीमा जन्मिनु भएका गुरुङले नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गर्नु भएको छ । उहाँले नेपाली र विदेशी गरेर ६ फरक बैंकमा २७ वर्ष काम गरिसक्नु भएको छ । म्यानेजमेन्ट ट्रेनीको रुपमा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गर्नु भएका गुरुङले सो बैंकमा १० वर्ष ५ महिना काम गर्नु भएको थियो । म्यानेजर भएपछि हिमालयनबाट ग्लोबल आइएमई बैंक जानुभएका उहाँले त्यहाँ ३ वर्ष ५ महिना बिताउनु भयो । उक्त बैंकमा उहाँ म्यानेजर तहबाट जागिर सुरु गरेर चिफ बिजनेस बैंकिङ तहसम्म रहेर काम गर्नु भएको थियो ।
त्यसपछि मेगा बैंकमा डेपुटी जेनेरेल म्यानेजरकारुमपा जागिर सुरु गर्नु भएका गुरुङले त्यहाँ २ वर्ष ५ महिना बिताउनु भएको थियो । मेघामा चिफ कर्पोरेट बैंकिङबाट विदा हुनुभएका गुरुङ सिभिल बैंकमा डेपुटी सीईओ हुनुभएको थियो । सो पदमा ४ वर्ष ५ महिना बिताउनु भएका गुरुङ सिभिल बैंकमा ३ महिना कामु सीईओ हुनु भयो । त्यसपछि भने ४ वर्ष ५ महिनाका लागि उहाँ बैंकको नेतृत्वकर्ता सीईओको जिम्मेवारीमा रहेर काम गर्नु भयो ।
सिभिल बैंकमा राम्रो काम गरेकै कारण उहाँ खुला प्रतिस्पर्धाबाट म्यानमारको याङुनमा रहेको म्यानमार सिटिजन्स बैंकको सीईओमा नियुक्त हुनुभएको थियो । त्यहाँ उहाँले एक वर्ष ६ महिना काम गर्नु भयो ।
