
Djs
pku
cjs
Ggp
Gfs
Pbu
Srbpu
Pes
Lnp
sbs
Rgp1
Sgr
Rgp
Unsku

Rsb
Rgu
Ksm
Bbbpu
Rgu
Rgs
Ssm
Pvg
Sls
Tsm
Asm
Hal
Bbu
Sbs
Wsp
nsb
Gst
Ggd
Vor

bbt
Abd
Syp
Rpp
Pls
Jmb
Jmb
sab
Gsb
Bml
Ptm
Rmb
Mks
दाङ । देउखुरी उपत्यका राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा रहेको देउखुरीकै एक प्रमुख ऐतिहासिक धार्मिक स्थल सोमैथान मन्दिरमा बिबिध कार्यक्रमका बिच भब्य मेलाको आयोजना गरि यस वर्षको महाशिवरात्री पर्व मनाईएको छ ।
सोमैथान युवा क्लबको अध्यक्ष सुभाष यादवको अध्यक्षता र राजपुर २ का वडा अध्यक्ष ओम प्रकाश यादवको प्रमुख आतिथ्यमा संचालित वार्षिक मेलाको आयोजना सोमैथान युवा क्लबद्वारा आयोजना गरिएको हो ।
सोमैथान प्राविका भुपु अध्यक्ष अर्जुन नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सोमैथान मन्दिरको जगेर्ना र प्रगतीका निम्ति सरोकारवालाले खुट्टा तान्ने प्रवृतीको अन्त हुनु पर्ने बताएउनु भएको छ ।
त्यस्तै उक्त कार्यक्रममा अतिथी टोपेन्द्र खनालले बोल्दै हामी मानव हौं ! संसारमा हामी छौँ भन्ने अनुभुती दिलाउनको लागि सकारात्मक कार्यलाई सहि तरिकाले अघि बढाउनु पर्ने जसकालागि मिलनको आवश्यकता रहन्छ जुन मिलनको केन्द्रबिन्दुको लागि धार्मिक स्थलको जरुरी हुन्छ, देउखुरीको ऐतिहासिक चर्चित त्यो धार्मिक स्थल भनेकै सोमैथान मन्दिर रहेको बताए ।
विकासको बहानामा धार्मिक स्थल ब्यवस्थापनको शिर्षकमा संकलित रकममा पारदर्शिता ल्याउदै सोमैथान मन्दिरलाई थप ब्यवस्थितरुपले ब्यवस्थापन गर्दै पर्यटकीय स्थलको रुपमा चिनाउनुपर्नेमा जोड दिनु भयो ।
मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतीकरण रहेको थियो भने औपचारिक कार्यक्रमको संचालन तिलक बिकले गर्नु भएको थियो ।
