
Lnp
Rgp1
Rgp
Sgr
Pbu
pku
Srbpu
Unsku
Ggp

nsb
Ggd
Gst
Tsm
Vor
Rgu
Ssm
Rgu
Bbbpu
Sbs
Wsp
Hal
Rsb
Pvg
Ksm
Sls
Bbu
Asm
Rgs

Bml
Gsb
Syp
Mks
sab
Rpp
Jmb
Ptm
Jmb
bbt
Rmb
Abd
Pls
दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिको प्रथम नगर सम्मेलन शुक्रबार लमही नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा सविधान सभा सदस्य योगेन्द्र चौधरीको प्रमुख अतिथि र अर्का केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेको विशिष्ट आतिथ्ययतामा नगर सम्मेलन सम्पन्न भएको हो ।
त्यस्तै सम्मेलनमा बोल्ने अधिकांश बक्ताहरुले स्थानीय प्रदेश र सघीय निर्बाचनको बेलामा टिकट वितरण गर्दादेखि गएको मङसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्बाचनका बेला भएको गठबन्धन त्यसबाट प्राप्त मतपरिणामका साथै संसदमा ठुलो दल भए पनि सरकारबाहीर बस्नुका कारण र त्यसबाट उत्पन्न परिणामको विषयमा नेताहरुले खुलेर आ-आफ्नो धारणा राख्नु भएको छ । यस्तै आफ्नो धारणा राख्ने अधिकाश नेताहरुले सगठनको मात्र कमी कमजोडी औल्यायनन् स्कयमको कमीकमजोडीको बारेमा पनि स्वमुल्याङकन गर्न आवश्यक रहेको बिचार समेत ब्यक्त गर्नु भएको थियो ।
काङग्रेस बलीयो भयो भने मात्र देश बलियो हुने हो , देश बलियो हुनका लागि काङग्रेसका हर कार्यकर्ता बलियो हुन जरुरीरहेको सहभागि बक्ताहरुको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले काङग्रेस बलियो भए र सरकारमा जान सकेमात्र लोकतन्त्रलाई बचाउन र सविधानको रक्षागर्न सकिने बताउनु भयो । उहाँले अब भाषण गरेर मात्र हुदैन अब काङग्रेसले विगतका कमजोडीहरुलाई सच्चाएर अघि बढ्न नसके देशको राजनीति विषयले नयाँ मोड लिने र देशबाट सघीयता र लोकतनत्र धरापमा पर्न सक्ने गम्भिर खतरा रहेको बिचार ब्यकत गर्नु भयो । त्यस्तै उहाँले भन्नुभयो विभिन्न शक्तीहरु लोकतन्त्रको बिपक्षमा देखिएका छन् । दुर्गा प्रसाईहरुको महाअभियान यसकै सकेत हो चौधरीले भन्नु भयो । कम्युनिष्टहरुले देशमा कहिल्यै पनि रोजगारीको अबसर श्रृजना गर्न नसक्ने भन्दै युबालाई रोजगारी र देशको आर्थिक विकासका लागि काङग्रेसको बिकल्प छैन चौधरीको भनाइ थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले बिगतका कमी कमजोडीहरुलाई सच्चाएर अघि बढ्न आवश्यक रहेको बिचार ब्यक्त गर्नु भयो । नेपाली काङग्रेस दाङका जिल्ला शभापती शकर प्रसाद डाँगीले पार्टी सगठनको मुख्य लक्ष्य सरकार सचालन गर्न पाउनु हो तर निर्बाचनका बेला छोरा छोरीको आदेशका भरमा अभिभावकले मतको दुरपयोग गर्नु गलत सस्कार भएको र त्यसको सुधार हुन जरुरीरहेको बताउनु भयो ।
उहाँले राष्ट्रीय स्वतनत्र पार्टी प्रति लक्ष्ति गर्दे भर्खरै जन्मिएको पार्टीको सोच्दै नसोचेको मत परिणाम आउनुलाई के भन्ने,बि देशका छोरा-छोरीको आदेशको भरमा मत बदल्नेलाई के भन्ने त्यो सस्कारबाट माथि उठ्न आवश्यक छ शभापती डाँगीले भन्नू भयो । सगठन बलियो बनाउन शुभेच्छुक संघ संस्थामा मात्र नभई हरेक सामाजिक संघ संस्थामा नेपाली काङग्रेसको सक्रिय सहभागिता हुन सके मात्र सगठन बलियो र मजबुद हुने बताउनु भयो । उहाँले शुसुप्त अबस्थामा रहेका भातृ संस्थाहरु चलायमान हुन जरुरी भए जस्तै सामाजिक संघ संस्थाहरुमा पनि काङग्रेसको सहभागिताका खाचो रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बीनी प्रदेश शभा सदस्य लोका बिकले बिगतमा भएका गल्ती र कमजोडीहरुमाथि एकले अर्कालाई दोषारोपण गरेर नभई समाधानका बिकल्पहरु खोजेर अगाडी बढ्न सके काङग्रेसको सगठन सुदृढिकरण र बलियो हुने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाली काङग्रेसका केन्द्रीय महाधिबेशन प्रतिनिधी जानकीलाल बस्नेतले काङग्रेस भित्र केही बिबाद र असहमति हुनु स्वभाबिक हो । तर त्यस्ता असहमतीका विषयहरुलाई आन्तरिक रुपम समाधन गरेर अघि बढ्न जरुरीरहेको बताउनु भयो । उहाँले गुटगत स्वार्थ त्यागेर अघि बढ्न सके मात्र काङग्रेस बलियो हुने बताउनुभयो ।
अर्का बक्ता नेपाली काङग्रेसका पुर्ब क्षेत्रीय सभापती तथा पुर्ब महाधिवेशन प्रतिनिधि बासुदेव जंगलीले पार्टी भित्र परिवारबादको अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बिश्वास ब्यक्त गर्नुभयो । केन्द्रीय नेतृत्वको परिवारबादी सोच र स्वार्थका कारण नेपाली काङग्रेस निर्बाचनमा पहिलो हैसियत राख्ने दल भएर पनि सरकारबाट बाहीर रहदा काङग्रेस कार्यकर्तामा निरासा छाएकोले नाताबाद र परिवारबादको र गुटगत राजनीति त्यागेमात्र काङग्रेस प्रति जनताको आशा र भरोसा जाग्ने बताउनु भयो । नेपाली काङग्रेसका लमही नगर सभापती सन्तोष बुढाथोकीको अध्यक्षता तथा सुलोचना गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काङग्रेस क्षेत्र नम्बर १ (क)का सभापती श्रीपद चौधरी, क्षेत्र नम्बर १ (ख) का प्रदेश सभापती दिनेश गीरी,लगायतले काङग्रसलाई भरोसा योग्य बनाउन सगठन सुदृढिकरण हुन जरुरीरहेको बताउनु भयो ।
कार्यक्रममा नगर सचिव प्रेम कालोथोकीले वार्षिक र सचिव कैलाश चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अबसरमा नगर सभपती सन्तोष बुढाथोकीले विभिन्न पाँच बुदे नगरको वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा फ्लोरेन्स असपताल लमहीका संचालक पुस्प भुसालले नेपाली काङग्रेस लमही नगरको सिफारिसमा अस्पतालले मासिक पाँच जना बिरामीको प्रति बिरामी दश हजारको दरले नि:शुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने घोेषणा गर्नु भएको थियो । कार्यक्रमको सचालन पत्रकार लिला शाहले गर्नु भएको थियो ।
