Sidha Patra बुधबार, आश्विन ०७, २०७७

राेल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिमसहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा थवाङ–२ ठूलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योति रोका र ४५ वर्षीया मुली झाक्री रहेका छन् । प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको जनाइएकाे छ ।

बिना ज्योति र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागुऔषध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बिना ज्योति रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रीले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध बरामद गरिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]