
Pbu
Srbpu
Ggp
Lnp
Sgr
Unsku
Rgp1
Rgp
pku

Gst
Ggd
Hal
Sls
Pvg
Rgu
nsb
Rgu
Vor
Ssm
Wsp
Asm
Sbs
Bbbpu
Rsb
Ksm
Bbu
Rgs
Tsm

Pls
Rmb
Gsb
Mks
Rpp
Syp
Jmb
Ptm
Abd
Jmb
Bml
sab
bbt
दाङ । नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा सम्मेलन सम्पन्न भएको छ । यो सँगै लमही नगर अन्तरगतका सम्पुर्ण वडाहरुको वडा सम्मेलन सकिएको छ ।
नेपाली काँग्रेस ७ नम्बर वडा समितीले आफ्नो सम्पुर्ण वार्षिक गतिविधी सहित वडा सम्मेलनको आयोजना गरेको हो । नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ७ का वडा सभापती सालिकराम चौधरीको सभापतित्व तथा महाधिबेसन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्य एवं लमही नगर सभापती सन्तोष बुढाथोकीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी मोहन गिरीले वडा सम्मेलनले सबै नेता तथा कार्यकर्ताको आत्मियता सहित सहकार्य बढ्नेमा बिश्वास ब्यक्त गर्नु भयो । नेता तथा कार्यकर्ताको सम्बन्ध सुमधुर कायम राख्नपनि वडा सम्मेलनको प्रमुख भुमिका रहेको बताउनु भयो । गिरीले सबै एकढिक्का भएर पार्टीको सिद्धान्त र बिचारलाई आत्मसाथ गर्दै उदेश्यलाई पछ्याउन आग्रह गर्नु भयो ।
कार्यक्रममा नगर सभापती सन्तोष बुढाथोकीले देशको ठूलो दल बनाउनमा सबैको भुमिका रहेकोले सधै यसलाई बचाई राख्न अनुरोध गर्नु भयो । आन्तरिक मनमुटाब भन्दापनि समग्र पार्टीका नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने आबस्य औँल्याउनु भएको छ ।
वडा उपसभापती लिखराम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ख का सहसचिब कुल बहादुर बुढा मगरले गर्नु भएको थियो । यो भन्दा अघि लमही नगर अन्तरगतका १, २, ३, ४, ५, ६, ८ र ९ नम्बर वडाले वडा सम्मेलन गरिसकेका छन् । बिहिवार वडा नम्बर ७ ले वडा सम्मेलन गरेको हो ।
त्यस्तै सबै वडाहरुको वडा सम्मेलन पश्चात् नेपाली काङ्ग्रेस लमही नगर समितिले शुक्रबार नगर सम्मेलनको आयोजना गरेको छ । लमही नगरपालिकाको सभाहलमा हुने सम्मेलनमा नेता तथा कार्यकर्ताहरुलाई उपस्थितीको लागी नगर सभापती सन्तोष बुढाथोकीले सबैमा आग्रह गर्नु भएको छ ।
