ओमप्रकाश गुप्ता बुधबार, आश्विन ०७, २०७७

आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको एक सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ ।जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँ करङ्गेकोटमा रहेको जनता आधारभुत विद्यालय बर्स्षादलेे पहिरोको उच्च जोखिममा परेको हो । सिसहनियाँ बजार देखि करिव ७÷८ किलोमिटरको दुरीमा रहेको सो विद्यालय नियमित वर्षातका कारण विद्यालयको दुई कोठे भवन सहित शौचालय पहिरोको उच्च जोखिममा पर्नुको साथै स्टोर रुम पहिरोले पुरिने देखिन्छ भने तारबारमा समेत क्षति पुगेको विद्यालयका शिक्षक तुलबहादुर कंवर मगरले जानकारी दिनु  भएको  छ  । तत्काल पहिरो रोकथाम नगरिए कक्षा ७ र ८ को २ कोठे भवन र शौचालय पहिरोले लैजाने खतरा बढेको शिक्षक मगरले बताउनु भएको हो । कक्षा ८ सम्म सञ्चालित सो विद्यालयमा करिव २ सय ७० विद्यार्थी रहेका छन् । भने एक कार्यालय सहयोगी सहित ११ जना शिक्षकहरु रहेका छन् ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]