
Pes
Pbu
Sgr
pku
Rgp1
Srbpu
Ggp
Unsku
Gfs
cjs
Djs
sbs
Lnp
Rgp

Asm
Ksm
Bbu
Wsp
Ggd
nsb
Gst
Sbs
Sls
Hal
Bbbpu
Rsb
Rgs
Pvg
Tsm
Rgu
Vor
Rgu
Ssm

Ptm
Rpp
Jmb
Jmb
Mks
Syp
Rmb
Pls
Gsb
sab
Bml
Abd
bbt
दाङ । ब्रह्माकुमारी इश्वरिय बिश्वविद्यालय राप्तीले महाशिवरात्री महोत्सवकाे अवसरमा लागूपदार्थ दुर्बयसन विरुद्ध जनचेतना अभियान सञ्चालन
गरेको छ।
शनिबार ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय राप्ती दाङको आयोजना तथा ब्रह्माकुमारीज भालुवाङ सेवा केन्द्र सह आयाेजनामा र ईन्द्रेणी युवा क्लव भालुवाङकाे समन्वयमा राप्ती गाउँपालिकाकाे वडा नम्बर १ मा रहेको स्वर्गद्वारी प्रावि तथा गृहिणी महिला बिद्यालयमा लागूपदार्थ दुर्ब्यशन बिरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको ब्रह्माकुमारी इश्वरिय बिश्वविद्यालय राप्तीले जनाएको छ।
त्यस्तै कार्यक्रम ब्रह्माकुमारीज भालुवाङ सेवा केन्द्रकी सञ्चालिका ईन्दिरा पन्तको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्य एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी,राप्ती क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी गीता न्यौपाने,सशस्त्र प्रहरी बल नेपाल ज्वालामाई गण २९ नम्बर हेट क्वाटर भालुवाङ गणपति गोपाल प्रसाद श्रेष्ठ,निवर्तमान राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली र वडा नम्वर १ का वडा अध्यक्ष गेम बहादुर खड्काको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
साे अवसरमा बोल्दै प्रमुख अतिथि तथा राप्ती गाउँपालिका अध्यक्ष विष्टले मानव समाजलाई सहि दिशा निर्देश तथा समुन्नत समाज रुपान्तरणका लागि लागू औषध दुर्व्यसन विरुद्धको अभियानमा सकृय सहभागी हुनुपर्ने कुरामा जोड दिनु भएको छ ।
त्यस्तै उहाँले समाजमा लागुपदार्थ, ईन्टरनेट, सामाजिक संजाल,ईन्टरनेट गेम जस्ता अनेकौँ खालका कुलतहरु मौलाउँदै गरेको प्रति चिन्ता समेत व्यक्त गर्नु भएको छ। अध्यक्ष विष्टले धर्मकाे नाममा स्थापित कु संस्कार कुरिती र बिकृतिहरुलाई समय सापेक्ष सुधार गर्न जरुरी रहेको भन्दै व्यक्ति,परिवार, समाज,सिङगाे देश तथा बिश्वमा रहेका यस्ता खालका कुलतलाई रोक्नका लागि नैतिक शिक्षाको आवश्यकता रहेको औल्याउनु भयाे । त्यस्तै उहाँले विज्ञान र अध्यात्म एक अर्काका बिरोधी नभई परस्पर, समपुरक र सहयोगी भएकोले यी दुबैको उचित संयोजन र सन्तुलित प्रयोगबाट मुल्यनिष्ठ समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा ईलेक्ट्रिकल ईन्जिनियर चितवनका महेश दुवाडी,भालुवाङ खाने पानी उपभाेक्ता समितिका अध्यक्ष हस्त बहादुर गुरुङ ,ईन्द्रेणी युवा क्लव भालुवाङका अध्यक्ष भिम मरासिनी,विद्यालय व्यवस्थापन अध्यक्ष समिति हेमराज विष्ट अध्यक्ष, राजयोगी ब्रह्माकुमार आनन्द राम कुवर,राप्ती गाउँपालिकाकाे अभिलेख तथा सूचना सम्पादककर्ता तुल बहादुर कवर मगर लगायतका स्थानीय युवा युवतीहरुकाे उल्लेख्य सहभागीता रहेकाे थियो ।कार्यक्रमको प्रमुख प्रशिक्षकमा ब्रह्माकुमारीज राप्तीक्षेत्रका सचिव राजयोगी शिवलाल महतारा रहनु भएको थियो।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, राप्ती दाङको आयोजना तथा दाङ जिल्लाका १० वटै पालिकाहरुको समन्वयमा महाशिवरात्री पर्व २०७९ लाई भब्यताका साथ मनाउने कार्यक्रम तय गरेको ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराही दाङका प्रवक्ता राजयोग प्रशिक्षक माधव तिमिल्सेनाले जानकारी दिनुभयो । ‘दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण’ भन्ने मुल नारा सहित यस विश्व विद्यालयले संस्थाको स्थापना दिवस ८७औं महाशिवरात्री महोत्सवका साथै लागू औषध विरुद्धको जनचेतना अभियानकै रुपमा संचालन गरेको प्रवक्ता तिमिल्सेनाले बताउनुभयो।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, राप्ती दाङको आयोजना तथा दाङ जिल्लाका १० वटै पालिकाहरुको समन्वयमा महाशिवरात्री पर्व २०७९ लाई भब्यताका साथ मनाउने कार्यक्रम तय भएको छ । ‘दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण’ भन्ने मुल नारा सहित उक्त विश्व विद्यालयले संस्थाको स्थापना दिवस ८७औं महाशिवरात्री महोत्सवका साथै लागू औषध विरुद्धको जनचेतना अभियानकै रुपमा संचालन गरिरहेको जनाएको छ ।
त्यस्तै यस वर्षको महाशिवरात्री पर्वलाई लागूपदार्थ दुर्ब्य शनबाट मुक्त महाशिवरात्री मनाउनका लागि झाँकी र्याली प्रवचन माइकिङ,शिव दर्शन आध्यात्मिक चित्र प्रदर्शनी र पम्प्लेटिङ मार्फत जनचेतना फैलाउने, अभिप्रेरित गर्न लागिएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय, राप्ती दाङले जनाएको छ । जस अनुसार यही माघ २७ गतेदेखि फाल्गुण ५ गतेसम्म ७ दिवसीय दुर्ब्यशनमुक्त महाशिवरात्री सन्देश अभियान मार्फत दाङ जिल्लाका दशवटै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकासंगको सहकार्य र स्थानीय प्रशासनको समन्वय सहजीकरमा विभिन्न स्थानमा सभा,कोणसभा औपचारिक एवं अनौपचारिक समारोह/कार्यक्रम गरिने केन्द्रीय कोषाध्यक्ष एवं राप्ती क्षेत्रीय प्रमुख राजयोगीनी ब्रह्माकुमारी गीताले जानकारी दिनुभयो ।
ब्रह्माकुमारीज राप्तीका सचिव ब्रह्माकुमार शिवलाल महताराका अनुसार ७ दिवसीय महाशिवरात्री महोत्सव एवं लागूऔषध बिरुद्धको जनचेतना अभियानको शुभारम्भ माघ २७ गते बंगलाचुली गाउँपालिकाको सुधा माध्यमिक विद्यालय झुल्नेटा, २८ गते गढवा उधोग वाणिज्य संघको हल र ब्रह्माकुमारीज लालमटिया राप्ती गाउँपालिका २९ गते लमही शाखाको सभाहल, फाल्गुण १ गते राजपुर गाउँपालिकाको हल, २ गते दंगीशरण गाउँपालिकाको श्रीगाउ, बबई गाउँपालिका को हापुरे र शान्तिनगर गा.पा.को चिराघाट, ३ गते क्षेत्रीय कार्यालय तुलसीपुर र डांडापातु गीता पाठशाला, रावतगाउँ, बाँकी, ४ गते निमुवा सेवाकेन्द्र, नारायणपुर घोराही-१० तथा ५ गते ब्रह्माकुमारीज घोराहीमा समापन गरिनेछ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र गढवाकी प्रमुख ब्रह्माकुमारी यशोदा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ब्रह्माकुमारी मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराही दाङका प्रवक्ता राजयोग प्रशिक्षक माधव तिमिल्सेनाले गर्नु भएको थियो ।
