शर्मिला थापा मगर/नुवाकोट शनिबार, माघ २८, २०७९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ पिपलटार नुवाकोटमा ७ औं नुवाकोट महोत्सव २०७९ को शुक्रबार उद्घाटन भएको छ ।नुवाकोट उद्योग वाणिज्य संघकाे आयाेजनामा
आन्तरिक तथा बाहिरी पर्यटनलाई भित्राई घरेलु, कृषि उत्पादन मूलक व्यवसाय, खेलकुदका साथै मनाेरञ्जनका क्षेत्रमा विकास गर्ने उदेश्यका साथ महोत्सव सञ्चालनमा ल्याइएको हो ।नुवाकोट उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष तारा बहादुर कार्कीकाे सभापतित्व तथा नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री अर्जुन नरसिंह केसीकाे प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सव कार्यक्रममा प्रमुख अतिथि केसीले आर्थिक विकासमा आम्दानीको लागि व्यवसायी प्रवर्द्धन गर्नमा सहयाेग पुग्ने कुरा बताउनु भयाे ।

महोत्सव कार्यक्रममा प्रदेश सभा सदस्य रमेश महत,पुर्व सांसद गाेविन्द नेपाली लगायत विभिन्न संघ-संस्थाका प्रमुख प्रतिनिधिले महोत्सवको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । माघ २७ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन रहने उक्त महाेत्सवमा आदिवासी- जनजातिकाे पहिचान र परिकारकाे स्वाद लिई धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भाैगाेलिक दृष्टिकोणले महत्वपूर्ण पहिचान बाेकेकाे नुवाकोट जिल्लामा रहेका १२ आदिवासी, जनजातिहरु मध्य कुमाल जातिकाे साेरठि, मगरहरुकाे घाँटु नाच, तामाङ समुदायको घाेडा र झाक्रि नाच, नेवार समुदायको लाखे, धिमे, धावा वाजा नाच सहित विभिन्न झाकिहरु उद्घाटन समारोहमा प्रदर्शनी भएको थियाे ।महाेत्सवमा ३०० वटा स्टलहरु रहेको छ । जस्मा लघु,घरेलु कृषि व्यवसाय प्रवर्द्धन गर्न नि:शुल्क स्टल व्यवस्था रहेको छ । आदिवासी जनजातिकाे पहिचान र परिकार सहितकाे स्टलले महाेत्सव थप आकर्षक बनेको छ । अति सिमान्ततिकृ समुदायको लाेप हुन लागेकाे सामानकाे प्रदर्शनी पनि छ । त्यसका साथै नुवाकोटको सात तले दरवारकाे नमुनाले पनि थप आकर्षण बढाएको छ । नुवाकोटको ईतिहास हेर्ने हाे भने काठमाडौं,ललितपुर र भक्तपुरकाे अन्न भण्डार र व्यवसाय गर्ने मुलधार हाे ।

नुवाकोटका राजा जयन्त राना मगरले बलिदान गरि सहिद भएको ठाउँ र पृथ्वी नारायण शाहले विक्रम संवत १८०१ मा विजय गरेकाे र २५ वर्षसम्म राजधानी बनाएर प्रशासनिक कार्य यहीँबाट गरेको हुनाले नेपालकाे दाेस्राे राजधानी पनि बनेको नुवाकोटको ईतिहासले नुवाकोटको चिनारीकाे ईतिहास अझै प्रस्ट पार्छ । नाै काेट मिलि बनेको नुवाकोट वरिपरिका काेटहरु मध्य बेलकाेट, भैरुमकाेट, सिमलकाेट, मालाकाेट, धुवाकाेट, कालिकाेट,धैवुङकाेट, सल्यानकाेट र प्यासकाेट रहेको छ । ७ औं नुवाकोट महाेत्सबकाे भ्रमण गरि पर्यटकिय क्षेत्रकाे विकास र अध्ययनमा जाेड दिनु नै महाेत्सवकाे मुल उदेश्य रहेकाे आयाेजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]