
Bs1
Gsl
Pbu


दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर कमिटीले
गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, संघियता खारेज गरौ भन्दै आज घोराहीको तुलसीपुर चोकमा विरोध सभा सम्पन्न गरेकाे छ।
विरोध सभाका प्रमुख अतिथि नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले सम्वोधन गर्नु हुँदै यो देश र नेपाली जनताको लागि संघीयता विष वृक्ष हो । संघीयता खारेज नहुन्जेल सम्म यो देशको आर्थिक प्रणालीलाई माथि उठाउन सकिँदैन। त्यसैले संघीयता खारेज गर्न नेपाली जनता जागरुक र एकताबद्ध हुन् आवश्यक रहेको भण्डारीले बताउनु भयो।
त्यस्तै राजमो सदस्य तथा महिला नेत्री कृष्णा रानाले कालाबजारी,महंगी,भ्रष्टचार,गणतन्त्र,धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा राष्ट्रिय जनमोर्चा निरन्तर लागिरहेको बताउनु भयो।
कार्यक्रममा सहिद प्रति एक मिनेट मौनधारण गरी शुरु भएको कार्यक्रमको सञ्चालन राजमो घोराही उपमहानगर कमिटी सचिव मनिराम खनालले गर्नु भएको थियो।

