
pku
Pbu
sbs
Ggp
Sgr
Srbpu
cjs
Gfs
Lnp
Djs
Rgp1
Rgp
Unsku
Pes

Rgu
Sls
Hal
Rgu
Bbbpu
Wsp
Rgs
Ssm
Ggd
Asm
nsb
Bbu
Vor
Tsm
Rsb
Sbs
Ksm
Gst
Pvg

Pls
bbt
Bml
Syp
Abd
Jmb
Mks
Jmb
Rmb
sab
Gsb
Ptm
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा मोटरसाइकल दुर्घटनाबाट ५ वर्षीय बालक घाइते भएका छन् ।
घाइते हुनेमा भालुबाङ निवासी बिष्णु प्रसद बन्जाडेका छोरा ५ वर्षीय देवराज बन्जाडे रहेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनु भयो ।
गढवा गाउँपालिका वडा नम्बर १ मलमला घर भएका ५४ वर्षीय बिष्णु मरासिनी आज बेलुका ७:०० तिर प्युठानबाट दाङ आउँदै गरेका थिए । उनी चढेको रा २ प ५३९२ नम्बरको मोटरसाइकलमा भालुबाङ पुल चोक नजिकैमा बालक ठोकिँएका थिए । बालकको माथिल्लो ३ ओटा दात झरेको छ भने टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
बालकलाई राप्ती पोलिक्लिनिक भालुबाङमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ । त्यस्तै मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय भालुबाङले आफ्नो नियन्त्रणमा राखेको छ ।
