
Gfs
Pbu
Djs
Ggp
Unsku
Pes
Lnp
Srbpu
sbs
Rgp
pku
Sgr
Rgp1
cjs

Sls
Rgu
Sbs
Gst
Vor
Tsm
Ksm
Bbbpu
Bbu
Hal
Wsp
Ggd
Rgs
Rgu
Asm
Ssm
nsb
Pvg
Rsb

sab
Bml
Gsb
Syp
Ptm
Jmb
Pls
Rpp
Mks
Rmb
bbt
Jmb
Abd
काठमाडौँ । विकासका लागि साउदी कोष (Saudi Fund for Development) को सहयोगमा नेपालमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको अनुगमन गर्ने उद्देश्यले विकासका लागि साउदी कोषको प्रतिनिधिमण्डल नेपाल आएको थियो।
सो प्रतिनिधिमण्डलले विकासका लागि साउदी कोषको ३० मिलियन अमेरिकी डलरको सहयोगमा संचालित भूकम्पपछिका क्षतिग्रस्त घर, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूको पुनर्निर्माण कार्यक्रम परियोजनाहरूको स्थलगत भ्रमण गरेको थियो। यस परियोजनामा विद्यालय, आवास र स्वास्थ्य सुविधाको पुनर्निर्माण समावेश छ। यस परियोजना अन्तर्गत बिभिन्न क्षेत्रहरूमा पुनर्निर्माण भएका विद्यालयहरूको संख्या पच्चीस छ। चौध क्षेत्रहरूमा पुनर्निर्माण भएका घरको संख्या करिब ६ हजार ६ सय ६७ रहेको छ । चारवटा क्षेत्रहरूमा हालसम्म पुनर्निर्माण भएका स्वास्थ्य संस्थाहरूको संख्या तेह्र पुगेको छ।
साउदी अरबको सहयोगी भूमिकाले (विकासका लागि साउदी कोषका माध्यमबाट) संचालित विकास परियोजनाहरूले नेपालमा आधारभूत पूर्वाधारहरूको विकासमा योगदान पुर्याएको छ । यस परियोजनामार्फत धेरैभन्दा धेरै लाभग्राहीहरुको जीवन प्रभावित हुन्छ भन्ने मान्यता राखी यसले नेपालको सामाजिक र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
भ्रमणका क्रममा विकासका लागि साउदी कोषको प्रतिनिधिमण्डलले अर्थमन्त्रालयका अधिकारीहरुसँग भेटघाट गरी नेपालमा सञ्चालित विकास आयोजनाहरुको कार्यन्वयनको हालको स्थिती निरीक्षण र उन्नत कार्यान्वयनका लागि आगामी योजनाहरू तर्जुमा गर्नका साथै कार्यसम्पादन र कार्यान्वयनमा देखिएका चुनौतिहरुको समीक्षा गरी दिगो समाधान खोज्नका लागि छलफल गरेको थियो।
त्यस्तै साउदी अरेबियाले विकासका लागि साउदी कोषमार्फत नेपाललाई पूर्वाधार, ऊर्जा, कृषि, खानेपानीजस्ता क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले १५०.५ मिलियन अमेरिकी डलरभन्दा बढीको पाँचवटा विकास आयोजना तथा कार्यक्रममा लगानी गर्न सातवटा सहुलियत विकास ऋण उपलब्ध गराएको उल्लेखनीय छ जसले नेपाललाई दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ।
