
Pes
Pbu
Rgp1
Srbpu
sbs
Lnp
Sgr
Unsku
pku
cjs
Gfs
Ggp
Rgp
Djs

Rgu
Ksm
Sbs
Pvg
Wsp
Vor
Rgu
Bbbpu
Rgs
nsb
Ggd
Hal
Ssm
Tsm
Asm
Sls
Rsb
Gst
Bbu

Pls
Rpp
Abd
bbt
Syp
Bml
Jmb
sab
Ptm
Jmb
Gsb
Rmb
Mks
दाङ । शुभतारा इङलिस बोर्डिङ स्कुल गढवाको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विद्यालय प्राङगणमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य हिरालाल चौधरीको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ ले छोटो समयमा अभिभावकको मन जित्न सफल विद्यालय रुपमा अगाडि बढेको भन्दै प्रशंसा गर्नु भयो। गढवा बजार आसपासका क्षेत्रमा निजि विद्यालयहरु भएकै अवस्थामा शुभतारा इङलिस बोर्डिङ स्कुल खोलेर नौ सयको आसपास विद्यार्थी संख्या पुर्याउनु चानचुने कुरा नभएको बताउनु भयो । गढवा गाउँपालिकाको शिक्षा जगतमा सामुदायिक विद्यायालयहरुको साथै निजि विद्यायालयहरुको पनि ठुलो योगदान रहेको बताउदै राज्यको निति नियमका कारण निजी विद्ययालयहरुलाई मार्का परेको आफुले बुझेको बताउनु भयो। विद्यायालयमा विद्यार्थी पठाएर विद्यार्थीको बारेमा चासो नराख्नाले सामुदायिक विध्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केही ह्रास आएको बताउदै अभिभावकहरुले आफ्ना बालवालिकाहरुलाई बिशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट आतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले निजी विद्यालयहरूको शैक्षिक भौतिक स्थितिमा निकै सुधार भएको हुनाले विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा धेरै सुधार भएको बताउदै विध्यालयको प्रशंसा गर्नु भयो। बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक,अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त विद्यालय छोटो समयमा सोचे भन्दा राम्रो नतिजा दिन सफल बोर्डिङ स्कुलको रुपमा स्थापित भएको भन्दै तारिफ गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिकाश रजौरेले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। प्रतिबेदनका अनुसार बिक्रम सम्बत् २०६७ सालमा २ सय ३१ विद्यार्थी,९ शिक्षक र एक जना कार्यालय सहयोगीबाट भाडाको घरबाट पठनपाठन शुभारम्भ गरेको विद्यालयको अहिले ३८ कोठाको तिन वटा आफ्नै भवन रहेको छ। विद्यालय क्षेत्रभित्र चमेना गृह रहेको छ भने विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै जङ्कफुड निषेध गरिएको छ। २०७२ साल देखी एस् ई ई मा समाबेश भएको यो विद्यालय ए प्लस सहित सतप्रतिशत नतिजा ल्याएको विद्यालयलको प्रतिबेदनमा उल्लेख गरिएको छ । हाल विद्यालयमा ८ सय ९९ विद्यार्थी, ३४ जना शिक्षक, तिन जना बस चालक, तिन जना सहचालक, तिन जना कार्यालय सहयोगी र एक जना सुरक्षागार्ड गरी ४४जना स्टाप कार्यरत रहेको प्रतिबेदनमा उल्लेख रहेको छ । साथै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गर्ने तयारी रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
प्रतिबेदन प्रस्तुत गर्दै प्रिन्सिपल बिकाश रजौरेले निजि विद्यालय खोल्नु मात्र ठुलो कुरा नभएको बताउदै आजको परिवेशमा निजि विद्यालय राम्रोसंग अघि बढाउनु भनेको फलामको चिउरा चपाउनु सरह भएको बताउनु भयो । एकातिर सरकारको निति, विद्यालय विरुद्ध ल्याईने निति अर्को तर्फ देशमा बिध्यमान अवस्थामा आर्थिक संकटले राज्यभरी रहेका निजि विद्यालयहरु संकटमा परेको बताउदै स्थानीय सरकारले ऐन तथा कार्यबिधि बनाउदा निजि विद्यालयहरुलाई पनि प्रवर्धन गर्ने खालको बनाउन अनुरोध गर्नु भयो ।
कार्यक्रममा गढवा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु,सामुदायिक तथा निजी क्षेत्रका विद्यालयहरुको प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, क्रियाशील विभिन्न संघ-संस्था, पत्रकार लगायतको उपस्थिति रहेको थियो। विद्यालयकी छात्र श्रेया पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक चेतनाथ पौडेलले गर्नु भएको थियो ।

