
Gsbr-6
Usbl-7
Gsbg-3
Msbg-2
Pbu
Csbg-7
Rksr-7
Jsbg-7
Jsbr-3
ksbl-7


दाङ । नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशन पश्चातको पहिलो सम्मेलन सभापति विद्याशरण चौधरीको अध्यक्षता र केन्द्रिय सदस्य योगेन्द्र चौधरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
वार्षिक प्रगति तथा आर्थिक प्रतिबेदन र पदाधिकारी सदस्यहरुको पदपुर्ति गर्ने योजना पारित गर्दै सम्मेलनमा नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाको आगामी रणनितिका बारेमा छलफल गरिएको छ ।
सम्मेलनलाई केन्द्रिय सदस्य योगेन्द्र चौधरी,केन्द्रिय सदस्य कृष्ण किशोर घिमीरे,लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्का,जिल्ला सभापति शंकर प्रसाद डाँगी, प्रदेश कार्यसमिति सदस्य देव नारायण चौधरी,जिल्ला सचिव अर्जुन योगी, महाधिबेशन प्रतिनिधि चन्द्र बहादुर जिसी,विलोचन चौधरी,पुर्व महासमिति सदस्य नुमानन्द सुवेदि,प्रदेश सभा (क) सभापति श्रीपद चौधरी,प्रदेश सभा (ख) सभापति मोहन गिरी,प्रदेश उपसभापति जगदम्वा कुमारी चौधरी,वडा सभापति पदम पुन, उप सभापति स्यामा रावत,नेपाल मुस्लीम संघ जिल्ला सचिव जमीर शाह लगायतकाले सम्बोधन गर्नु भएको नेपाली काङ्ग्रेस राप्ती गाउँपालिका सचिव तथा प्रवक्ता तिर्थराज ज्ञवालीले जानकारी दिनु भयो ।
