
Djs
Pes
Rgp
Lnp
cjs
Gfs
Ggp
Rgp1
Unsku
sbs
Srbpu
Pbu
pku
Sgr

Rgs
Gst
Bbu
Hal
Wsp
Rgu
Ksm
Rgu
Vor
Asm
Ggd
Ssm
Tsm
nsb
Sls
Pvg
Rsb
Bbbpu
Sbs

Syp
Jmb
sab
Rpp
bbt
Pls
Mks
Ptm
Gsb
Jmb
Abd
Bml
Rmb
दाङ । राप्ती गाउँपालिका वार्ड नं १ पुल्चोक स्थित
स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभूत
विद्यालयको १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्टको सभापतित्वामा सम्पन्न समारोहको उद्घाटन प्रमुख अतिथि एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गर्नु भयाे । प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नु हुँदै अध्यक्ष विष्टले शिक्षा मानव जीवनको सफलताको लागि र देश बिकाश तथा समाज विकासका लागि आधारभूत आवश्यकता भएकोले वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि राज्यको ध्यान जानुपर्ने र सोही अनुसारको लगानी हुनु पर्ने बताउनु भयो।
विद्यालयका प्रधानाध्यापक सविता चौधरीले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। शिक्षिका सरिता खनालको स्वागत मन्तव्य र सहिद प्रति एक मिनेट मौनधारणबाट शुरु भएको समारोहमा विशिष्ट अतिथि वार्ड नं १ का वडाध्यक्ष गेम बहादुर खड्का, शिक्षा प्रेमी ठाकुर प्रसाद आचार्य, सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर भालुबाङका गणपति गोपालप्रसाद श्रेष्ठ, शिक्षा प्रेमी बाबुराम थापा, राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद समन्यव शाखा प्रमुख विश्वास बिक, नेपाल राष्ट्रीय मावि भालुवाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर मरासिनी, लिटल एन्जल सेकेण्डरी स्कूलका प्रधानाध्यापक शोभाकर भुसाल, नवाप्रतिभा आधारभूत विद्यालय पाखापानीका प्रधानाध्यापक फर्सुराम आचार्य, बिद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष महेशचन्द्र रिजाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।
शिक्षिका रेमा राणाको सञ्चालनमा सम्पन्न वार्षिक उत्सव समारोहमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय ओमप्रकाश क्षेत्री (सागर) का जीवनसँगिनी विमला खत्रीलाई प्रमुख अतिथि विष्टले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो। सोहि समारोहमा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शरदकुमार बस्नेत,ज्वालमाईगढ भालुवाङका तत्कालीन गणपति मन्दिप श्रेष्ठ तथा अक्षयकोष दाता पुलचोक निवासी बाबुराम थापालाई अक्षयकोष स्थापना गरेबापत सम्मान गरिएको थियो।
सोहि समारोहमा राप्ती गाउँपालिका वार्ड नं १ पाखापानी निवासी शिक्षा प्रेमी ठाकुर प्रसाद आचार्यले आफ्नी स्वर्गिय सुपुत्री उषा आचार्यको स्मृतिमा रू पच्चीस हजार (२५०००) को अक्षयकोष स्थापना गरिदिनु भएको थियो।
