
Lnp
Ggp
Djs
cjs
Srbpu
Gfs
Unsku
Pes
pku
Sgr
Rgp1
sbs
Pbu
Rgp

Wsp
Bbbpu
Sbs
Pvg
Ggd
Bbu
Hal
Rgu
Asm
Ssm
nsb
Tsm
Gst
Rgu
Sls
Vor
Rsb
Ksm
Rgs

Rmb
Jmb
bbt
Rpp
Ptm
Bml
Gsb
sab
Jmb
Mks
Abd
Pls
Syp
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभरका गैरसरकारी संघसंस्थाहरुको नियमन गर्न अनुगमनको कार्यलाई तिब्रता दिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भै आफ्नो कार्यक्षेत्रमा कार्यसञ्चालन गर्दै आएका जिल्लाका कैयन गैरसरकारी संघसंस्थाहरुले दर्ता नविकरणमा चासो नदीएको र समयमा साधारणसभा तथा लेखापरिक्षण नगर्ने गरेको पाइएकोले संघ संस्थाहरुलाई दर्ता भएको बिधानको दायरामा नियमन गर्न गराउन यो अभियान चलाईएको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी दिनुभयो ।
हरेक महिनामा ८÷१० वटा सहकारी संस्थाहरुमा स्थलगत अनुगमन गर्ने अभियान चलाएका छौं । कैयन संघसंस्थाहरुले समयमा साधारणसभा नगरेको पाईएको छ भने कति संघसंस्थाहरुले नविकरण समेत नगरेको पाइएको छ–सहायक प्रमुख जिल्ला अधिकारी पुनले भन्नुभयो । कैयन संघसंस्थाहरुले बिधान मिचेर काम गरेकोले तत्काल बिधान शंसोधनको प्रकृयामा जान सुझाव दिएका छौं उहाँले भन्नुभयो ।
यसैबिच आइतवार गढवा गाउँपालिका स्थित गढवा उद्योग बाणिज्य संघ,दलित शसक्तिकरण अभियान, गढवा होटल ब्यवसायि संघ र गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका बैधानीक कागजातहरुको अध्ययन अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनको क्रममा कतिले समयमा साधारणसभा नगरेको,लेखा परिक्षण नगरेको र संस्था नविकरण समेत नगरेको पाइएकोले तत्काल सबै प्रकृया पुरा गर्न तथा नविकरण गर्न गराउन ताकेता गरिएको कार्यालयले जनाएको छ । अनुगमनको क्रममा सबै प्रकृया पुरा गरेका गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र र होटल ब्यवसायि संघलाई कार्यालयको तफर्mबाट धन्यवाद दिइएको छ ।
अनुगमनको क्रममा संघसंस्थाहरुको दर्ता तथा नविकरण,लेखापरिक्षण र साधारणसभा समयमा भए नभएको, बैंकखाता ,आफ्नै जग्गा तथा भवन भए नभएको,बैंक मौजदातको अवस्था,अर्थिक स्रोत र संस्था सञ्चालनमा आएका समस्या चुनौती तथा संस्थाहरुले सामाजिक क्षेत्रमा गरेका मुख्य–मुख्य कामहरुको अभिलेख प्रशासन कार्यालयले संकलन गरेको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन,नासु सिता श्रेष्ठ र पत्रकार लगायतको टिम रहेको थियो ।

