तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, माघ २१, २०७९

दाङ । एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाकाे दाेस्राे अधिवेशनले पुन: कृष्ण बहादुर बुढा मगरको अध्यक्षततामा पछि एक जना सदस्य थप गर्ने गरि सत्र सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।शनिबार वडा नम्बर ५ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कुमार पुन मगर ,महिला उपाध्यक्षमा विष्णु कार्की ,सचिवमा गाेविन्द चौधरी,कोषाध्यक्षमा लक्ष्मी शाहीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा राम प्रसाद चौधरी,टाेमलाल गैरे,खिम बहादुर वली,अनुपम योगी,यशोधा घिमिरे,हरिलाल दर्लामी मगर,थम्मन सिंह गाहा मगर,खुमा पुन मगर, गणेशमान खड्का,जुगमानी चौधरी र रामप्रसाद शर्मा रहनु भएको छ ।

यस्तै अधिवेशन संगठनका गाउँपालिका अध्यक्ष कृष्ण बहादुर बुढा मगरकाे अध्यक्षता तथा नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उप महासचिव विष्णु खनालको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिकाका इन्चार्ज चित्र बहादुर थापा मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि खनालले नव गठित कार्य समितिकाे काम,कर्तव्य र महत्व माथि चर्चा गर्दै विद्यालय शिक्षाका देखिएका सबैखाले समस्याहरूको समाधान गर्न संगठन लाग्नु पर्ने बताउनु भयाे ।

साे अवसरमा नेपाल शिक्षक महासंघ दाङ जिल्ला सह अध्यक्ष रामप्रसाद जैशी ,जग्गा एकीकरण विकास आयाेजनाका संयाेजक श्यामेस चाैधरी,वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चाैधरी,९ का रिम बहादुर सुनारी मगर,नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीका कार्यवाहक अध्यक्ष नारायण शर्मा , सचिव बसन्त नेपाली लगायतको उपस्थिति रहेकाे कार्यक्रमको सहजीकरण संगठनका सचिव गाेविन्द चाैधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]